भाजपाले निशाना बनाएको अनि आफूहरू सुरक्षित नभएको मुख्यमन्त्री ममता ब्यानर्जीको भनाइ

IMG-20240413-WA0154-copy-1

बालुरघाट: लोकसभा चुनावलाई लिएर पश्चिम बंगालमा राजनीतिक परिवेश पूर्ण रुपले गर्मिएको छ। आज मुख्यमन्त्री ममता ब्यानर्जीले बालुरघाटमा जनसभालाई सम्बोधन गरिन्। यस क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपाले आफू र उनका भतिजा तथा टीएमसीका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीलाई निशाना बनाएको बताइन्। दुवैजना सुरक्षित नभएको उनले बताइन्। भाजपाका नेता तथा विधानसभामा विपक्षी दलका नेता सुभेन्दु अधिकारीले एक दिनअघि सोमबार तृणमूल र यसको शीर्ष नेतृत्वलाई हल्लाउने बताएका थिएl

पार्टी उम्मेदवार तथा राज्यमन्त्री विप्लव मित्रको समर्थनमा कुमारगञ्जमा जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ;भाजपाले मलाई र अभिषेकलाई निशाना बनाएको छ। हामी सुरक्षित छैनौं, तर केन्द्रमा सत्तारुढ दलको षडयन्त्रसँग पनि डराउँदैनौं। हामी सबैलाई तृणमूल नेताहरू र पश्चिम बंगालका जनता विरुद्धको षड्यन्त्रबाट सतर्क रहन आग्रह गर्दछौं।‘ सुभेन्दु अधिकारीको टिप्पणीको जवाफ दिँदै उनले भनिन्, ‘त्यहाँ एक जना गद्दार छ, जसले आफ्नो परिवार र अवैध सम्पत्ति बचाउन भाजपासँग हात मिलायो।‘ उनले भनिन्, ‘हामी प्रधानमन्त्री केयर फण्ड र प्रत्येक व्यक्तिको ब्यांक खातामा १५ लाख रुपियाँ जम्मा गर्ने जुम्लामा भएको विसंगतिलाई उजागर गर्दैछौं। उनीहरूले झूट मात्र फैलाउँछन्।‘ भाजपाले धर्ममा आधारित भोट ब्यांककको राजनीति गरेको मुख्यमन्त्री ममता ब्यानर्जीले आरोप लगाउँदै सोधिन्, ‘किन दुरदर्शनको लोगो अचानक भगवा भयो? हामी उक्त निर्णयको घोर विरोध गर्छौं। यो भाजपाको निरंकुश शासनको अर्को उदाहरण हो। उनी सत्तामा रहे भने भविष्यमा कहिल्यै चुनाव हुँदैन। एक व्यक्ति, एक दलको शासन हुनेछ र विभिन्न समुदायको धार्मिक अधिकार खतरामा पर्नेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement