घुम्ती चियाबारीमा भागोप्रमो तीनधारे महानदी समष्टिको चुनावी सभा सम्पन्न

IMG-20240421-WA0295.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनावी सभा महानदी ग्राम पञ्चायत अन्तर्गत घुम्ती चियाबारीको दुईवटा बुथहरूलाई लिएर सम्पन्न भएको छ। उक्त चुनावी सभा सीके प्रधानको अध्यक्षता र प्रवीण दर्नालको सञ्चालनमा सम्पन्न भएको छ। उक्त चुनावी सभालाई पञ्चायत समिति सदस्या सरिता मुखिया, दिपेन, श्यामकुमार खवास, भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधान, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री लगायत घुम्ती चियाबारीको ग्रामीण क्षेत्रका पार्टी कार्यकर्ताहरुले पनि उपस्थित सम्बोधन गरेका थिए। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। सभामा वक्ताहरूले यसपालीको लोकसभा चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई जिताउन आह्वान् गरेका छन्। वक्ताहरूले भागोप्रमो अध्यक्ष अनित थापाको कामलाई हेरेर यसपालीको लोकसभा चुनावमा पहाड़कै भूमिपुत्र प्रार्थी गोपाल लामालाई जिताउने निवेदन गरेका छन्।

About Author

Advertisement