सोरेङ च्याखुङमा एसकेएम पार्टीको चुनावी वार्डस्तरीय सभा सम्पन्न

IMG-20240416-WA0213.jpg

एसकेएम पार्टीको दोस्रो कार्यकालमा चुम्बुङमा धेरै विकासको कार्य हुने खालिङको मन्तव्य

साेरेङ: सोरेङ च्याखुङ समष्टिको चुम्बुङ ग्राम पञ्चायत अन्तर्गत ६ नम्बर वार्डमा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको वार्डस्तरीय चुनावी सभा सम्पन्न भयो। वार्डस्तरीय सभामा मुख्य अतिथिको रुपमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्रवक्ता जेकब खालिङ उपस्थित थिए भने सीएलसी सचिव छोजाङ भोटिया, पञ्चायतगण अनि वार्डवासीको उपस्थिति रहेको थियो।

चुनावी सभालाई सम्बोधन गर्दै प्रवक्ता खालिङले पाँच वर्षको कार्यकालमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले अनेकौं कार्यहरू गरेको जानकारी गराए। योसँगै अबको कार्यकालमा चुम्बुङमा धेरै विकासीय कार्य साथै पूर्वाधारहरूको निर्माण गर्ने सरकारको योजना रहेको उनले बताए।चुम्बुङलाई आर्थिक रुपमा विकास गरेर लैजानको निम्ति ग्रामीण पर्यटनलाई विकास गर्ने योजना रहेको उनले बताए।

छ नम्बर वार्डमा भौगोलिक कारणले गर्दा पूर्वाधारहरूको निर्माण गर्नसक्ने अवस्था नरहेको कारण यहाँको जनताको स्थातिमा सुधार गर्नको निम्ति सरकारी कामकाजमा प्राथमिकता दिइने पनि उनले बताए। योसँगै चुम्बुङ ११ साइड स्ट्याण्डर्ड खेल मैदान पार्कको निर्माण, साथै विभिन्न परियोजनाहरू गर्ने उनले जनकारी गराए। योपल्ट सबै योजनाहरू सफल हुने बताए, किनकि यहाँका जनताले योपल्ट मुख्यमन्त्री बनाउनको निम्ति भोट गर्ने तयारी गरिरहेको अवगत गराए।

उनले एसकेएमको सरकार बनिने निश्चित रहेको हुँदा कसैले पनि भोट नबिगार्ने पनि आग्रह गरे। समावेशी राजनीति गरेर सबैलाई माया गरेर अघि बढ़्दा बढ़्दै पनि यदि कसैले पनि सहयोग नगरे तिनीहरूसँग पनि अब सोही प्रकारको व्यवहार गर्ने उनले बताए। आगामी १९ अप्रेलमा सम्पन्न हुने चुनाउमा टेबल ल्याम्पको चिह्नमा भोट दिएर आफ्नो उम्मेदवार प्रेमसिंह तामाङ अनि लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बालाई विजयी गराउने उनले आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement