दिनेशचन्द्र नेपाल आफ्नो चुनाउ प्रचारको क्रममा आज मंगन बजार पुगे

n6008098101713282233806d884cc924eadf324b1adf57d3d57df05e035105656f0571ba1976a6279d3cc59.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपाल आफ्नो चुनाउ प्रचारको क्रममा आज उत्तर सिक्किमको मंगन बजार पुगे। उनीसॅंग समन्वयक मोहन सापकोटा, बीजेवाईएम प्रभारी ललित पोख्रेल र मंगन जिल्लाका जिल्ला अध्यक्ष टांशी अङ्गडुप लेप्चा पनि थिए।चुनाउ प्रचारको क्रममा उम्मेदवार नेपालले घरदैलो पुगेर स्थानीय मानिसहरूसॅंग भेट गर्दै उनीहरूसॅंग अन्तरक्रिया पनि गरे। यस क्रममा उनले सिक्किमको कल्याणका निम्ति आफ्ना विचारहरू साझा गरे। यसैगरी, भाजपाको विकसित सिक्किमको भिजन र संकल्प पत्रमा महित्वपूर्ण घोषणाहरूबारे पनि जानकारी गराएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement