सिक्किमका राज्यपालले व्यक्त गरे रामनवमीको हार्दिक बधाई एवं शुभकामना

1000624794.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले रामनवमीको शुभ अवसरमा सिक्किमवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। रामनवमी भगवान श्री रामको जन्मदिवसको रूपमा मनाइने पर्व हो।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘मर्यादा पुरुसोत्तम श्रीरामको जीवनले हामीलाई सदैव उच्च मूल्य र नैतिकताको प्रेरणा प्रदान गर्दछ। विविध समृद्ध संस्कृतिहरूको भूमि सिक्किममा यो पावन अवसरले सबै समुदायबिच भाइचारा र सद्भावनाको बन्धनलाई अझ धेरै बलियो बनाएर जाओस्। राज्यपालले भगवान श्रीरामको सबै सिक्किमवासीहरूमाथि आफ्नो कृपा एवं आशीर्वाद बनिरहोस् भनी कामना गरेका छन्।

About Author

Advertisement