दुई सयभन्दा धेरै परिवार एसडीएफमा सामेल

n5965980241711990370812715e4dbee67c34ab6adb1c5d2dfc91470f1cfe53a6795fcfa335c276daa5223c.jpg

गान्तोक: तुमिन लिङ्गी समष्टिमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ)-पार्टीका उम्मेदवार नोर्जाङ लेप्चालाई साथ र समर्थन दिँदै बितेका केही दिनभित्रमा दुई सयभन्दा धेरै परिवारले एसडीएफमा प्रवेश गरेको दाबी गरिएको छ।

बितेको पाँच वर्ष एसकेएम सरकारमा तुमिन लिङ्गी समष्टिमा कुनै प्रकारको विकास नभएको अनि एसकेएमले सहुलियत वितरणमा पनि व्यापक भेदभावको नीति अप्नाएको बताउँदै क्षेत्रको दिगो विकास र समुन्नतिका लागि नोर्जाङ लेप्चालाई जनताको समर्थन प्राप्त भइरहेको प्रेस विज्ञप्तिमा बताइएको छ। यो क्रम निरन्तर जारी रहेको छ। एसडीएफमा सामेल हुनेहरूमा अधिकांश सत्तारूढ एसकेएम पार्टीका समर्थक र केही सिटिजन एक्सन पार्टीका समर्थक रहेको बताइएको छ।

वर्तमान समयमा लोकतन्त्र हराएका कारण आफूहरूले बोल्न र लेख्न सम्म छुट नपाएको हुँदा राज्यमा लोकतन्त्रको पुनर्बहालीका लागि पनि एसडीएफलाई सरकारमा ल्याउन आवश्यक भएको गाउँले जनताको भनाई रहेको विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement