एसकेएम पार्टी अध्यक्षले एक पार्टी कार्यकर्तालाई गरे निष्कासन

3638709-78.webp

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी अध्यक्ष प्रेमसिंह तामाङ (गोले)को नेतृत्वमा पोकलोक कामराङ निर्वाचन क्षेत्र माथिल्लो डोङका श्री जीतबहादुर राईका छोरा रविचन्द्र राई (खलिङ)लाई निष्कासन गरिएको छ।
पार्टीको हितमा प्रतिकूल मानिने गतिविधिमा संलग्न भएको भन्दै निष्कासन २०२४ अप्रिल १ गतेदेखि तत्काल लागू भएको हो। पार्टीभित्र बीज सेलको संयोजकको जिम्मेवारी सम्हालेका श्री रविचन्द्र राईको पनि पार्टीभित्रको विगतको भूमिका शून्य हुँदै प्राथमिक सदस्यता खारेज गरिएको छ।

About Author

Advertisement