धोनीको स्थानमा रुतुराज बने सीएसके-को नयाँ कप्तान

IMG-20240321-WA0204.jpg

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२४-को ठीक अघि गत सीजनको विजेता चेन्नई सुपर किङ्ग्स (सीएसके)-ले कप्तान बद्लियो। दिग्गज महेन्द्र सिंह धोनीले सीएसके-को कप्तानी छोड़ेका छन् अनि रुतुराज गायकवाड़लाई टीमको नयाँ कप्तान नियुक्त गरियो। आईपीएलको पहिलो सीजनदेखि नै ४२ वर्षीय धोनी सीएसके-को कप्तान रहेका थिए। साल २०१३-मा फ्रेञ्चाइजीलाई स्पट फिक्सि‌ंगको मामिलामा निलम्बित गरिँदा चाहिँ धोनीले सीएसके छोड़ेका थिए। त्यसपछि २०२२ सीजनको शुरुवातमा रविन्द्र जडेजालाई कप्तान नियुक्त गरिएको थियो तर बीचमै (आठवटा म्याचपछि) धोनीले फेरि कप्तानी सम्हालेका थिए। देब्रे हातका ब्याटर रुतुराज २०१९-को आईपीएल लिलामीपछि सीएसके-को साथमा रहेका छन् अनि उनले उल्लेखनीय फर्म र निरन्तरता देखाएका छन्। उत्कृष्ट ब्याटि‌ंग शैलीले गर्दा उनी फ्रेञ्चाइजीको प्रमुख ब्याटरहरूमा एक बनेका छन्। आईपीएलको गत सीजनमा सीएसके-लाई च्याम्पियन बनाउनमा गायकवाड़को महत्त्वपूर्ण योगदान रहेको थियो। उनले १६ वटा म्याचमा ५९० रन बनाएका थिए।
आफ्नो कप्तानीमा भारतीय टीमलाई २००७ टी२० वर्ल्ड कप, २०११-मा वनडे वर्ल्ड कप र २०१३-मा आईसीसी च्याम्पियन्स ट्रफीको खिताब दिलाउने धोनीले कप्तानको रूपमा आईपीएलमा अलग उँचाई हासिल गरेका छन्। उनले २००८-देखि २०२३-सम्म २१२ वटा म्याचमा सीएसके-को कप्तानी गरे। उनको कप्तानीमा टीमले १२८ वटा म्याच जितेर केवल ८२ वटा म्याच गुमायो। यसरी दुईवटा म्याच परित्याक्त रह्यो। धोनीको कप्तानीमा सीएसके-ले आईपीएलको १४ वटा सीजनमा १२ पल्ट प्लेअफ्-को निम्ति क्वालीफाई गऱ्यो। यसमा टीमले १० पल्ट फाइनल खेलेर ५ पल्ट खिताब जित्यो । धोनीले आईपीएलमा अहिलेसम्म २५० वटा म्याच खेलेर ५०८२ रन बनाएका छन् । यसमा २४ वटा अर्द्धशतक सामेल छ। उनले विकेट पछि उभिएर १४२ वटा क्याच लिनको साथै ४२ वटा स्टम्पिंग पनि गरे। कप्तानीको दबाउबाट मुक्त धोनीले अब यस आईपीएलमा खुलेर खेल्ने मौका पाउनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *