पूर्व आईजीपी तामाङ क्यापमा सामेल

IMG-20240321-WA0212.jpg

गान्तोक: अप्पर बुर्तुक निवासी पूर्व पुलिस अधिकारी भीमकुमार तामाङले सिटिजन एक्सन पार्टीमा विधिवतरुपमा सामेल भएका छन्। तामाङ सिक्किम सरकारको पुलिस विभागमा विभिन्न पदमा सेवारत हुँदै अवकाश भएका हुन्। वर्तमानमा उनी समाजसेवी भएर गाउँ समाजको सेवामा तल्लीन छन्। पार्टी मुख्यालयमा तामाङलाई पार्टीका कार्यवाहक अध्यक्ष लाक्पा शेर्पा, महासचिव हेमराज अधिकारी,मार्ताम रुम्तेक समष्टिका उपाध्यक्ष (संयोजन) कर्मा छिरिङ भोटिया, लाक्पा डोमा भोटिया औ अन्यले खादा लगाएर स्वागत जनाउँदै विधिवत सामेल गराए। तामाङले आफू सामेल भएपछि सिक्किमको भाग्य र भविस्य निर्माण गर्ने केवल सिटिजन एक्सन पार्टी सिक्किम मात्रै हो भनेका छन्। सामेल भएपछि तामाङले पार्टीको सक्रिय सदस्यता समेत प्राप्त गरेका छन्।  तामाङको घर परिवार लामो समयदेखि सिटिजन एक्सन पार्टीमा सेवारत छन्। तामाङले आफू सामेल हुँदा आफ्नो श्रीमती र छर्छिमेकी सहित पार्टी मुख्यालयमा उपस्थित थिए।

About Author

Advertisement