सोरेङ: सोरेङ जिल्लाको निम्ति व्यय पर्यवेक्षककोरूपमा आएका श्रिकान्त एन. ले आज सोरेङ जिल्लाका जिल्लापाल लगायत अन्य अधिकारीहरूसँग जिल्ला प्रशानिक केन्द्रको प्रेक्षागृहमा बैठक आयोजना गरे। उनी हिजो मात्र सोरेङ जिल्लामा आइपुगेका हुन्।
आजलाई जिल्ला प्रशासनिक केन्द्रमा स्वागत जनाउनको निम्ति जिल्लापाल हिस्से डी. योङदा, अतिरिक्त जिल्लापाल धिराज सुवेदी लगायत अन्य अधिकारीहरू सामेल रहेका थिए। बैठकमा जिल्लापाल हिस्से डी. योङदाले आगामी चुनाउको तयारी सम्वन्धि पर्यवेक्षकलाई विस्तृतरूपमा जानकारी गराइन्।
यसै क्रममा चुनाउ पर्यवेक्षकले चुनाउको निम्ति एफएसटी, एसएसटी, भीभीटीएस र एइओको संख्याबारेमा जानकारी लिए। उनले अधिकारीहरूसँग अन्तक्रिया गर्ने क्रममा राजनीतिक दलहरूको लेखा/व्ययको अनुगमन र प्रमाणीकरणका धेरै महत्त्वपूर्ण पक्षहरूमाथि प्रकाश पारे।

उनले उम्मेदवार र उनीहरूको टोलीले गरेको कुनै पनि दावी विरुद्ध समर्थन साथै प्रमाणीकरणको रूपमा फोटो र भिडियोहरू मार्फत भौतिक प्रमाणहरू सङ्कलन गर्ने अवगत गराए।










