संस्कृति र सास्कृतिक इतिहासबारे चार दिवसीय गोष्ठीको तेस्रो दिन

Screenshot_20240321_185454_WhatsApp.jpg

पूर्वोत्तर राज्यहरूको संस्कृति र सांस्कृतिक इतिहास माथि आयोजित चार दिवसीय गोष्ठीकाे तेस्रो दिन मणिपुर र मिजोरमको संस्कृति र इतिहासमा आधारित थियो। सेमिनारमा धेरै साहित्यकार, इतिहासकार, लेखक र विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो। साँस्कृतिक चेतना, विद्यार्थीहरुको जिज्ञासा र इतिहासकारहरुको रोचक कुराकानीले दिनभर गोष्ठी चलेको थियो। पूर्वोत्तर राज्यहरूबाट आएका सबै पाहुनाहरूलाई गुलाब र झारखण्डी गम्छाले स्वागत गरियो। साथै डा. रामदयाल मुण्डा आदिवासी कल्याण अनुसन्धान संस्थानले सबै अतिथिहरुलाई प्रमाणपत्र समेत प्रदान गरे। चार दिनसम्म चल्ने यो सेमिनारमा शुक्रबार नागाल्याण्ड र मेघालयका इतिहासकार तथा प्राध्यापकहरूले आफ्नो भनाइ प्रस्तुत गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement