खरसाङमा हिल तृणमूल कंग्रेसको चुनावी सभा

IMG-20240321-WA0182.jpg

भाजपा र गोजमुमोबाट तृणमूलमा सामेल

खरसाङ: हिल तृणमूल कंग्रेसको चुनावी सभा खरसाङको एक होटलमा दार्जिलिङ जिल्ला युवा सचिव सुमीरन प्रधान अनि खरसाङ टाउन कमिटी अध्यक्ष बरदान सेञ्चुरीको उपस्थितिमा सम्पन्न गरियो। सभामा विशेष गरी यसपाली हुने चुनावमा भारी मतले तृणमूल प्रार्थी गोपाल लामालाई जिताउने निर्णय लिएको जानकारी गराइएको छ। विशेष आज हिल तृणमूल खरसाङ टाउनलाई अझ सक्रिय बनाएर लानको लागि माइनोरिटी कमिटी बनाउने जोड दिइएको छ। यसै विषयलाई ध्यानमा राखेर तृणमूल कंग्रेस मन पराउनेहरू बीजेपी अनि गोजमुमो छोडेर तृणमूल कांग्रेसमा २० घरले समर्थन जनाएका छन्। सभापछि पत्रकारहरूसित बातचीत गर्दै जिल्ला युवा सचिव सुमीरन प्रधान अनि टाउन कमिटी अध्यक्ष बरदान सेञ्चुरीले विस्तृत रूपमा जानकारी गराएका छन्। दुवैले बताए अनुसार आज खरसाङमा हिल तृणमूल कंग्रेसको चुनावी सभा सम्पन्न भएको र यसै सभामा तृणमूल प्रार्थी गोपाल लामालाई जिताउन हिल तृणमूल कांग्रेसले सक्रिय भएर खट्ने साथै मुख्यमन्त्री ममता ब्यानर्जीले दिएको प्रार्थी गोपाल लामालाई जिताउने अाह्वान् गरिएको बताएका छन्। दुवैले चुनावमा गोपाल लामालाई जिताउन खरसाङमा तृणमूल कंग्रेसलाई सक्रिय पारेर लाने बताएका छन्। त्यसरी नै यसै सभामा नै भारतीय जनता पार्टी र गोर्खा जनमुक्ति मोर्चाबाट २०-२५ परिवारहरू हिल तृणमूल कांग्रेसमा सामेल भएको जानकारी गराएका छन्।

About Author

Advertisement