उत्तरबंग विश्वविद्यालका उप कुलपतिविरुद्ध भ्रष्टाचारको आरोप भाजपाद्वारा विक्षोभ प्रदर्शन

19-44-31-Capture7.png

सिलगढी: सिलगढी सांगठनिक जिल्ला भाजपा-ले पूर्व एसएससी चेयरम्यान तथा उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिविरुद्ध भ्रष्टाचारको अभियोग लगायत उत्तरबंग विश्वविद्यालयका प्रोफेसरदेखि लिएर अशिक्षण कर्मचारी नियुक्तिमा समेत भ्रष्टाचार, एसएससी, टेट, नकली पीएचडी डिग्री आदि जस्ता कुरामा संलग्न रहेको अभियोग लगाउँदै उत्तरबंग विश्वविद्यालयको २ नम्बर गेट अघि धरना प्रदर्शन गऱ्यो। प्रदर्शनकारी भाजपाका कार्यकर्ता तथा समर्थकहरू विश्वविद्यालभित्र पस्ने प्रयास गर्दा विश्वविद्यालयको मूल गेट भत्किएको बताइएको छ। उक्त प्रदर्शनमा भाजपा जिल्ला सभापति तथा विधायक आनन्दमय बर्मन पनि उपस्थित थिए। यस अवसरमा तिनले भने, उत्तरबंग विश्वविद्यालयका उप-कुलपति पूर्वमा एसएससी का चेयरम्यान थिए। तिनले गत ५ वर्षदेखि विभिन्न पदको नियुक्तिमा भ्रष्टाचार गरेकोले चाँडै तिनलाई पक्राउ गरिनुपर्ने माग पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement