अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जित्ने रोजी प्रधानलाई गाउँमा भव्य स्वागत

IMG-20220802-WA0150.jpg

खरसाङ: खरसाङको मार्टियल आर्ट एण्ड फिटनेस अकादमीको अध्यक्ष एंव सेन्सी सन्दीप प्रधानको नेतृत्वमा सिविटार निवासी रोजी प्रधान कोलकोतामा सम्पन्न छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जितेर आज आफ्नो घर सिविटार आई पुगेकी छिन्। उनले कलकत्ताको नेताजी इन्डोर स्टेडियममा भएको छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशिपमा गोल्ड मेडल प्राप्त गर्न सफल भएकी छिन्। उहाँलाई खरसाङबाट स्वागत गर्न नवदीप युथ क्लबको सभापति रामचन्द्र राई, उप सभापति बिबेक राई, सचीव मौसम नेवार अनि कोषाध्यक्ष राजेन्द्र प्रधान पुगेको थियो भने गाउँमा सबै नवदीप परिवार भेला भई भव्य रुपमा स्वागत गरी शुभकामना दिएका छन्। यस अवसरमा गाउँमा नवदीप परिवारद्वारा रोजी प्रधानले कोलकोतामा छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जित्न सफल भएकोमा बधाई दिएका छन्।

रोजी प्रधानलाई खरसाङबाट नै नवदीप क्लब सिविटारद्वारा स्वागत गर्दै महानदी र विभिन्न गाउँमा मानिसहरूले ये सफलताको लागि बधाई दिएका थिए। सिविटारमा सम्पन्न बधाई कार्यक्रम विषयमा स्थानीय दिलिप प्रधानले रोजी प्रधानले कोलकोतामा छैटौं अन्तर्राष्ट्रीय कराँते च्याम्पियनशीपमा गोल्ड मेडल जितेर गाउँको नाम राखेको बताउँदै य सफलता गाउँको लागि ठूलो कुरा हो भनी बताएका छन्। उनले रोजीले ठूलो सफलता पाएको छ र यस्तो सफलता अझैं पाईरहेको होस् हामी गाउँ र नवदीप क्लब परिवारको तर्फबाट बधाई दिन्दै भविष्यको लागि पनि शुभकामना दिएका छन्। उनले रोजी प्रधान साथै रोजीको गुरुजी मार्टियल आर्ट एण्ड फिटनेस अकादमी खरसाङको संस्थापक एंव सेन्सी सन्दीप प्रधानलाई पनि बधाईसहित गाउँलेहरूको पक्षमा धन्यवाद दिएका छन्।

About Author

Advertisement