मंगन जिल्लाका एसिस्टेन्ट एक्पिनडिचर अबजर्भर, एकाउन्टिङ टीम र भीडियो भीविङ टीमलाई लिएर प्रशिक्षण

n59190776817105127213738b99f905bfc1c04e7b09006845bddf5749283f81211ff3d03f3298bf75e989a3.jpg

मंगन:आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई ध्यानमा राख्दै मंगन जिल्लाका एसिस्टेन्ट एक्पिनडिचर अबजर्भर, एकाउन्टिङ टीम र भीडियो भीविङ टीमका सदस्यहरूलाई लिएर आज मंगन जिल्लाका जिल्लापालको कक्षमा एक प्रशिक्षण कार्यक्रम आयोजना गरियो। यस प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल हेम कुमार छेत्रीले प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई चुनाउको समयमा उम्मेदवारहरूद्वारा गरिने खर्चको सही तथ्याङ्क अभिलेख राख्नु पर्ने विषयमा जोड दिए।

यसरी नै उनले मिडिया प्रमाणीकरण तथा अनुगमन समितिसँग निरन्तर सम्पर्कमा रहेर सहयोग गर्न सबैलाई आग्रह गरे। उनले नमुना आचार संहिता (एमसीसी) एक पटक लागू भइसकेपछि त्यसलाई अद्यावधिक गरिरहनुपर्ने आवश्यकतामा जोड दिँदैर आगामी बैठकहरूमा आदान प्रदान गरिने दिशा निर्देशमाथि पनि प्रकाश पारे।

About Author

Advertisement