सिलगढी: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको शीघ्र स्वस्थ हुने कामना गर्दै तृणमूल कङ्ग्रेसको तर्फबाट सिलगढीमा महामृत्युञ्जय तथा पुजाको आयोजना गरियो। प्राप्त जानकारी अनुसार उक्त घटनापछि हिजो राति नै डाबग्राम फुलबारी ब्लक तृणमूल कङ्ग्रेस एवम् दार्जिलिङ जिल्ला तृणमूल छात्र परिषदको तर्फबाट अम्बिकानगरमा महामृत्युञ्जय यज्ञ गर्नको साथै कछारी रोडस्थित शिव मन्दिरमा पुजा अर्चना गरियो। यस अवधि तृणमूल नेता तथा कार्यकर्ताहरूले मुख्यमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरे। स्मरण रहोस्, हिजो साँझ गम्भीर घाइते अवस्थामा मुख्यमन्त्री ममता ब्यानर्जीलाई एसएसकेएम अस्पतालमा भर्ना गरिएको थियो। तिनको निधारमा केही ठाउँमा सिलाई परेको छ। हाल तिनको अवस्था स्थिर रहेको बताइएको छ।










