काेचबिहार: लोकसभा चुनाउपूर्व उत्तर बंगाल राष्ट्रिय परिवहन निगम (एनबीएसटीसी)का ३ सय अस्थायी कर्मचारीहरूको वेतन बढ़ाइएको छ। यी ३ सय कर्मचारीहरूको वेतन १ हजार रुपियाँ वृद्धि गर्ने फसेला लिइएको छ। बढ़ेको वेतन आगामी अप्रेल महिनादेखिको प्रभावी हुनेछ।
एनबीएसटीसीका चेयरम्यान पार्थ प्रति रायले बताए, कम्पनीको अनुबन्ध कर्मचारीहरू तथा सुरक्षा गार्डहरू सहित तीन सय मानिसहरूको वेतन वृद्धि गरिएको छ। अहिलेसम्म यिनीहरूले प्रतिमहिना ७००० रुपियाँ प्राप्त गर्दै आइरहेका थिए भने अब बढ़ेर ८००० रुपियाँ हुनेछ।
उल्लेखनीय छ, एनबीएसटीसीका स्थायी औ अस्थायी कर्मचारीहरूले लामो समयदेखिकै वेतन वृद्धिको माग गर्दै आइरहेका छन्। यीमध्ये लगभग दुई हजार अस्थायी तथा अनुबन्ध कर्मचारीहरूको वेतन अचानक दुई हजार रुपियाँ घटाइएको थियो। त्यो वेतन अहिले तय भएको छैन।
कर्मचारी संघले यस मुद्दामा आन्दोलन गरिरहेको छ। यिनीहरूमझ्ये लगभग तीन सय कर्मचारीहरूको वेतन वृद्धि हुन अत्यन्त महत्वपूर्ण रहेको छ। मानिसहरूको मान्यतामा यो वेतन वृद्धि आगामी लोकसभा चुनाउलाई ध्यानमा राखेर गरिएको हो।