यसपालीको लोकसभा चुनावमा डा. महेन्द्र पी लामाले भाजपाको टिकट पाउनुपर्छ भनी माटोको आवाज समूहको मांग

IMG-20240307-WA0129.jpg

मिरिक: माटोको आवाज समूहले प्रोफेसर महेन्द्र पी. लामाले यसपल्टको लोक सभा चुनावमा भाजपाको टिकट पाउनुपर्छ भन्ने ध्येयको साथ पहाड तराई डुवर्सतिर मन्तव्यहरु दिन्दै आएका छन्। यसै सन्दर्भमा आज मिरिकमा एक पत्रकार सम्मेलनको आयोजन गर्दै माटोको आवाजका संयोजक भवानी प्रधानले प्रोफेसर डा. महेन्द्र पी लामा टिकटको रेसमा रहेको बताएका छन्। उनीले पी. लामा जसलाई गोर्खाको बौद्धिक मानिन्छ उनीलाई भाजपाले टिकट प्रदान गर्नुपर्ने बताए। २०२४ को आम चुनावमा पनि दिल्लीमा भाजपाको सरकार हुने निश्चित देखिएको जसको फलस्वरूप दार्जिलिङ संसदीय क्षेत्रबाट लामाले भाजपाको टिकट पाउन पर्नेमा प्रधानको विश्वास देखियो। यसका साथै दश वर्ष अघि प्रोफेसर लामाले प्रधानमन्त्रीलाई लेखेको पत्रको उल्लेख गर्दै प्रधानले जब देशमा पहिलोचोटि मोदी प्रधानमन्त्री बने सोही समयमा नै गोर्खा हितको निम्ति प्रो. लामाले दश बुँदे मागसहित प्रधानमन्त्रीलाई पत्र लेखेका थिए। जसको पाँचवाट बुँदा प्रधानमन्त्रीसामु माटोको आवाजले राख्ने भएको छ। प्रधानमन्त्रीको सिलगढी आगमन ९ मार्चको दिन भइरहेको छ, सोही समय माटोको आवाजले आफ्नो पाँच बुँदे माग राख्ने भावनी प्रधानले जानकारी गराए। प्रधानमन्त्रीले सिलगढीबाट गोर्खा हितमा केही घोषणा गर्नु पर्ने, अब आश्वासनको भरमा मात्रै गोर्खाले भोट नगर्ने पनि प्रधानले बताए। पाँच बुँदे मागमा प्रमुखताका साथ गोर्खाल्यान्ड राज्यको निर्माण राखिएको छ भने दोस्रो बुँदामा यदि गोर्खाल्यान्ड राज्यको निर्माण हाल संभव नरहे हाइ पावर कमिसन गठन गरी उक्त बिषयमा कार्य गरिनु रहेको छ। तेस्त्रोमा गोर्खाल्यान्ड राज्य निर्माण नभएसम्म दार्जिलिङ पहाड तराई अनि डुवर्सलाई नर्थ इष्ट काउन्सिलमा गाभिनु पर्ने, चौथोमा ११ जातगोष्टीलाई जनजातिको दर्जा दिइनु पर्ने अनि पाँचौ माग शिक्षा अनि स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको राष्ट्रिय तहको संस्थाहरू दार्जिलिङ सांसदीय क्षेत्रमा गठन गरिनु पर्ने। त्यसर्थ यी मागहरूलाई प्रधानमन्त्रीले सिलगढीको सभामा घोषणा गरिनु पर्ने माटोको आवाज समुहको धारण रहेको भावनी प्रधानले बताएका छन्।
यस अवसरमा मिरिक क्षेत्रका समाजसेवीहरु तीलक राई अनि मोहन भारती पनि उपस्थित रहेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement