तस्करी गर्न अगावै धेरै गाई-गोरू उद्धार साथमा एकजना पक्राउ

dg.png

फाँसीदेवा: तस्करी गर्न अगावै ५२ वटा गाई-गोरू सहित एकजनालाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम तबारक आलम बताइएको छ। तिनी बिहारको पूर्णिया निवासी हुन्। प्राप्त जानकारी अनुसार गत राति फाँसीदेवा थाना पुलिसले यहाँको मोहम्मद बक्सा मोडमा अभियान चलाएर गाई-गोरू बोकेको एउटा ट्रकलाई रोकेर छानबीन गर्दा ५३ वटा गाई-गोरू उद्धार गरेको छ। ति सबै गाई-गोरू बिहारबाट असममा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।

About Author

Advertisement