भोलि मानव धर्म मन्दिरको उद्घाटन गर्ने
गान्तोक: आध्यात्मिक संस्थीन मानव धर्मका प्रणेता तथा उत्तराखण्डका जनकार्य, पर्यटन, पञ्चायतीराज अनि संस्कृति मन्त्री सत्पालजी माहाराज आज साँझ दक्षिण सिक्किमको नाम्ची आइपुगेका छन्। भोलि उनले मुख्यमन्त्री प्रेम सिंङ तामाङको बाहुलीबाट पूर्व सिक्किम पाकिम जिल्ला अर्न्तर्गत नामचेबोङमा नव निर्माण गरिएको मानव उत्थान सेवा समिति, सिक्किमको “ध्यान केन्द्र एवं मानव धर्म मन्दिर” को विधिवत उद्घाटन गर्नेछन्। १.४ हेक्टर भूमिमा निर्माण गरिएको “ध्यान केन्द्र एवं मानव धर्म मन्दिर” एउटा सत्सङ्ग तथा मेडिटेशन हल, पुस्तकालय, आयुर्वेदिक औषाधलय, भोजनालय, अतिथि आवास आदि रहेको छ। सिक्किम सरकारको संस्कृति विभागको अनुदानमा यो पूर्वाधार निर्माण गरिएको हो। उद्घाटन समारोहमा सिक्किम राज्य लगायत छिमेकी पहाड दार्जीलिङ, तराई, डुवर्स आदि क्षेत्रबाट ठुलो सङ्ख्यामा मानव धर्मका अनुयायीहरुको उपस्थिति रहनेछ।









