बीएफआई-द्वारा ईष्टर्न ओपन ट्यालेण्ट हण्ट शुरु

IMG-20240303-WA0236.jpg

गुवाहटी: गत तीनवटा ट्यालेण्ट हण्ट कार्यक्रमको सफलतापछि बक्सिंग फेडरेशन अव् इण्डिया (बीएफआई) केन्द्रीय ऊर्जा मन्त्रालयअन्तर्गत एउटा महारत्न कम्पनी आरईसी लिमिटेडसँग मिलेर ईष्टर्न ओपन ट्यालेण्ट हण्टको साथ अघिल्लो अध्याय शुरु गर्न तयार छ। प्रतियोगिता असमको गुवाहटी स्थित देशभक्त तरुण राम फूकन इण्डोर स्टेडियममा आजदेखि शुरु भयो, जुन १८ मार्चसम्म चल्नेछ। बीएफआई महासचिव हेमन्त कुमार कलिताले भने, हामी आइतवारदेखि गुवाहटीमा ईष्टर्न ओपन ट्यालेण्ट हण्टको शुरुवातको घोषणा गर्दै उत्साहित छौं। यो खुल्ला प्रतियोगिता हो, जसले कसैले पनि हिस्सा लिन अनि आफ्नो कौशल देखाउन सक्नेछन्। विजेताहरूलाई बीएफआई-को राष्ट्रिय शिविरमा सामेल हुन प्रूनिंग ट्रायलमा हिस्सा लिने अनि अनुभवी प्रशिक्षक र सल्लाहकारहरूका मार्गदर्शनमा प्रशिक्षण लिने तथा देशको प्रतिनिधित्व गर्ने मौका प्राप्त हुनेछ।
यस प्रतियोगितामा ३-देखि ९ मार्चसम्म जूनियर र सब जूनियर इभेण्ट (बालक र बालिका) हुनेछ। एलीट र युवा (पुरुष र महिला) इभेण्ट १२-देखि १८ मार्चसम्म हुनेछ। एलीट र युवा वर्गको निम्ति पञ्जीकरण १८ मार्चसम्म खुल्ला छ। अहिलेसम्म १९ वटा राज्यबाट ३०० भन्दा अधिकले पञ्जीकरण गराइसकेका छन्। जोनल स्तरको प्रतियोगितामा स्वर्ण, रजत र काँस्य पदक विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपियाँको पुरस्कार राशि प्राप्त हुनेछ। प्रत्येक भार वर्गमा ८ जना क्वार्टर फाइनलिस्टलाई जोनल स्तरको निम्ति चयन गरिनेछ, जसले हरियाणामा हुने राष्ट्रिय च्याम्पियनशीपको निम्ति क्वालीफाई गर्नेछन्। राष्ट्रिय च्याम्पियनशीपका विजेताहरूलाई सीधै राष्ट्रिय शिविरको निम्ति बोलाइनेछ अनि उनीहरूलाई असल प्रशिक्षण प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement