उच्च अदालतका न्यायाधीशले राजीनामा दिने!

Kolkata-HC-Judge

कोलकाता: कोलकाता उच्च अदालतका न्यायाधीश अभिजित गंगोपाध्यायले मंगलबार आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्। न्यायमूर्ति गंगोपाध्याय राज्यमा विद्यालय भर्ती घोटाला जस्ता संवेदनशील मुद्दाहरूको सुनुवाइमा संलग्न थिए। उनले आइतबार एक स्थानीय च्यानललाई दिएको अन्तर्वार्तामा आफूले मंगलबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पठाउने बताए। न्यायमूर्ति गंगोपाध्यायले भने, ‘यदि म राजनीतिक दलमा आबद्ध भएँ र उनीहरूले मलाई मनोनयन गरे भने म त्यो निर्णयलाई अवश्य विचार गर्नेछुl’ न्यायाधिश गंगोपाध्यायले अगस्त २०२४ मा न्यायिक सेवाबाट अवकाश लिने कार्यक्रम थियो। उनी हाल श्रमिक र औद्योगिक सम्बन्धका मुद्दाहरू सुनिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement