अखिल भारतीय नेपाली अनुसूचित जाति सोनादा शाखाको वार्षिक साधारण सभा सम्पन्न

IMG-20240303-WA0198.jpg

सोनादा: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ सोनादा शाखाको वार्षिक साधारण सभा सोनादा न्यु लाइट क्लब भवनमा संघकै अध्यक्ष प्रेम सुनामको सभापतित्वमा सम्पन्न भयो। सभामा केन्द्रिय समिति सभापति बुद्धवीर सार्की, कार्याकारी महासचिव सञ्जीव मोथे, केन्द्रिय समिति उपाध्यक्ष सुरज नौबाग, सोनादा शाखाका मुख्य सल्लाहकार शरद सिंह, बिमला खाती, रोहिता कालीकोटेको विशेष उपस्थितिमा अतिथिहरुद्वारा बाबा साहेब भीमराव अम्बेडकरको प्रतिकृतिमा धूप दिप प्रज्वलन गरियो। संघका मुख्य सचिव सन्तोष लकान्द्री कुनै कारणवश अनुपस्थित रहेकोले उनले वर्षभरिको प्रतिवेदन भर्चुअल माध्यमबाट सुनाएका थिए। कार्यक्रममा पर्वत रसाइलीले स्वागत सम्बोधन राखेका थिए भने संघका कोषाध्यक्ष रोहिता कालीकोटेले वर्षभरिको आयव्ययको फाटवारी सुनाइन्।सभामा विभिन्न क्षेत्रका संयोजकहरुले उनीहरुमा आईपरेका विभिन्न समस्या अनि मासिक अर्थ संग्रह गर्दा आईपरेका समस्याहरु अघि राख्दै केन्द्रीय समिति कार्यकारी सचिव सञ्जीव मोथेले वर्तमान परिस्थितिमा हामी पहाडभरिका समस्त अनुसूचित जाति एकताको सूत्रमा बाधिन पर्छ, विगत दागोपाप कालमा पनि जनजातिको कुरोले हामीमा लान्छना लागेकी छ। तर त्यस समय हामीले सम्पूर्ण जनजाति क्षेत्र भयो भने हामी अनुसूचित जातिको अवस्था के कस्तो हुन्छ,सो बारेमा हामीले सोध्ने काम मात्र गरेका थियौ,अहिले ११ जनजातिको कुरो चल्दैछ,हुन्छ हुँदैन त्यो भविष्यको कुरो हो। तर ११ जनजातिले ट्राइबल स्टाटस पायो भने जीटीए क्षेत्रमा हामी अनुसूचित जाति अनुसूचित जाती भएर नै बस्नपर्ने भन्दै केन्द्रिय समिति सभापति बुद्धबीर सार्कीले हामी जातीय प्रमाण पत्रको निम्ति मात्र एकजूट हुनु हुँदैन। सरकारले दिएको संविधानले दिएकी विभिन्न प्रावधानहरु बारेमा शिक्षित जमात सतर्क हुनु अनिवार्य छ। हामीले हाम्रो तीन जातिको उत्थानको निम्ति विभिन्न कार्यहरु गरिरहेका छौ,सम्बन्धित सरकारी निकायहरुलाई पत्राचार गर्ने, ज्ञापनपत्र दिने कामहरु गरिरहेका छौं, माथिल्लो स्तरमा हामी केन्द्रिय समितिले काम गरिरहेका छौहामी आफ्नो जातिप्रति अनुशासन रहनुपर्छ, भने। सभामा शरद सिंहले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा नानीहरुद्वारा विभिन्न सांस्कृतिक नृत्यहरु साथै गीतहरु प्रस्तुत गरियो।कार्यक्रमको सञ्चालन पर्वत रसाइलीले गरेका थिए।

About Author

Advertisement