१ अगस्तदेखि परिवर्तन हुनेछ ५ महत्वपूर्ण नियम

कोलकाता: हरेक महिनाको १ तारिख हुने परिवर्तन जस्तै यसपटक पनि केही परिवर्तन हुनेछन्। यसमा बैंकिङ प्रणाली, ग्यास मूल्य, आईटीआर रिटर्न आदिसँग सम्बन्धित केही प्रमुख अपडेटहरू समावेश छन्। यी नियमहरूमा भएका परिवर्तनहरूले प्रत्यक्ष प्रभाव पार्नेछ। यदि ३१ जुलाईसम्म आफ्नो रिटर्न फाइल भरेको छैन भने १ अगस्तदेखि जरिवानासहित आईटीआर फाइल गर्नुपर्नेछ। आयकर तिर्ने व्यक्तिको करयोग्य आम्दानी रु ५ लाख वा सोभन्दा कम भएमा निजले रु १ हजार विलम्ब शुल्क तिर्नुपर्नेछ। यसैगरी कर योग्य आम्दानी ५ लाखभन्दा बढी भएमा ५ हजार रुपियाँ विलम्ब शुल्क तिर्नुपर्नेछ।

पीएम किसान सम्मान निधि योजनाको ई-केवाईसीको अन्तिम मिति पनि ३१ जुलाईसम्म हो। किसानले १ अगस्तदेखि केवाईसी गर्न पाउने छैनन्। यदि ३१ जुलाईसम्म ई-केवाईसी नगरे १२औं किस्ताको लागि पैसा प्राप्त हुनेछैन। यसका लागि नजिकको साझा सेवा केन्द्र (सीएससी) मा गएर ईकेवाईसी गर्न सकिन्छ।

यदि खाता बैंक अफ बडोदा (बीओबी) मा छ भने, १ अगस्तदेखि चेकद्वारा भुक्तानी गर्ने नियमहरू परिवर्तन हुनेछन्। आरबीआईको दिशानिर्देशअनुसार, बैंक अफ बडोदाले ग्राहकहरूलाई १ अगस्तदेखि लागू हुने गरी ५ लाख रुपियाँ वा सोभन्दा बढी रकमको चेकमा सकारात्मक भुक्तानी प्रणाली लागू गरिएको जानकारी दिएको छ। यसअन्तर्गत बैंकले चेकसँग सम्बन्धित जानकारी एसएमएस, नेट बैंकिङ वा मोबाइल एपमार्फत दिनुपर्नेछ। हरेक महिनाको १ तारिख जस्तै यसपटक पनि १ अगस्तदेखि ग्यास सिलिन्डरको मूल्य घट्ने सम्भावना छ। यस पटक कम्पनीहरूले घरेलु तथा व्यावसायिक दुवै ग्यास सिलिन्डरको मूल्य परिवर्तन गर्नसक्ने स्रोतका अनुसार यस पटक एक सिलिन्डरको मूल्य २० देखि ३० रुपियाँसम्म परिवर्तन हुनसक्छ। गत पटक व्यवसायिक ग्यास सिलिन्डर सस्तो भएको थियो भने घरेलु ग्यासको मूल्य ५० रुपियाँले बढेको थियो।

प्रधानमन्त्री फसल बीमा योजनाको लाभ लिनको लागि योजनाअन्तर्गत आफ्नो बालीको बीमा गर्नुपर्नेछ। यसका लागि दर्ता गर्ने अन्तिम मिति ३१ जुलाई हो। यस पछि कोही पनि दर्ता हुनेछैन र योजनाबाट वञ्चित हुनसक्छ। दर्ता प्रक्रिया अनलाइन वा अफलाइन पूरा गर्न सकिन्छ। यसपटक मोहरम, रक्षाबन्धन, स्वतन्त्रता दिवस, कृष्ण जन्माष्टमी, गणेश चतुर्थी जस्ता चाडपर्वहरू अगस्तमा आउँदैछन् । जसका कारण यस पटक विभिन्न प्रदेशसहित कुल १८ दिन बैंक बन्द रहनेछन् । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले पनि अगस्टमा केही दिन बैंक बन्द रहने घोषणा गरेको छ । यो महिनाको दोस्रो र चौथो शनिबार र चार आइतबार गरी कुल १८ दिन बैंक बन्द रहनेछन् ।

 

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *