भारतीय तिब्बत सीमा पुलिसबल, गान्तोक मुख्यालयको १४औं स्थापना दिवस भव्यरूपमा पालन

गान्तोक: उप महानिरीक्षक क्षेत्र मुख्यालय गान्तोकद्वारा आफ्नो १४औं स्थापना दिवस भव्यरूपमा पालन गरियो। उक्त अवसरमा कार्यालयका सबै अधिकारीवर्ग,हिमबीर महिला साथै साना नानीहरूले पनि सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन उप महानिरीक्षक आरपीएस रघुबंशीले क्षेत्र मुख्यालय गान्तोकका प्रथम उप महानिरीङक्ष हरमोल सिंहदेखि लिएर वर्तमान समयमा यस मुख्यालयद्वारा केवल बोर्डर गाइडिङ मात्र नभएर आपदा प्रबन्धनमाथि पनि काम गरिरहेको बताए। राज्यको कतिपय संवेदनशील स्थलको आन्तरिक सुरक्षाको जिम्मा पनि इमान्दारपूर्वक निर्वाह गर्दै आइरहेको बताए। यस अवसरमा बल भारतीय तीब्बत सीमा पुलिस प्रमुख सञ्जय अरोडाद्वारा पनि क्षेत्र मुख्यालयको १४औं स्थापना दिवसमा सेनाद्वारा देशको हितमा गरिएको कार्यबारे जानकारी गराए। उक्त अवसरमा क्षेत्रिय मुख्यालय गान्तोकमा परेड आयोजना गर्नको साथै विभिन्न प्रकारको खेलकूद प्रतियोगिता आयोजना गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *