७५औं स्वतन्त्रता दिवस समारोह

नाम्ची: नाम्ची जिल्लाको सदाम वरिष्ठ माध्यमिक पाठशालाको खेलमैदानमा जारी ७५औं स्वतन्त्रता दिवस समारोह सम्पन्न भयो। आज तेस्रो दिन रिनाक निर्वाचन क्षेत्रका विधायक विष्णुकुमार खतिवडा मुख्य अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा मल्ली क्षेत्रका प्रभारी तिलक बस्नेत, एसकेएम पार्टीका प्रचार सचिव (डिजिटल मिडिया) बुम छिरिङ योञ्जन र नारी शक्ति संयोजिका रिनाक क्षेत्र सुशिला थापा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
यस स्वतन्त्रता दिवस समारोहको मुख्य आकर्षणको रूपमा रहेको स्वर्गीय मनमाया बस्नेत खुल्ला लाते भकुण्डो प्रतियोगिता अन्तर्गत पहिलो खेल आज पेदोङ एफसी बनाम पंयोङ एफसीमाझ सम्पन्न भयो। यस खेलमा पेदोङ एफसीले प्रतिद्वन्दी दललाई पराजित गरेर अर्को चरणमा प्रवेश गऱ्यो। यसैगरी, दोस्रो म्याच नाम्ची साइनिङ स्टार बनाम युनाइटेड मल्ली ब्रदरमाझ भयो, जसमा साइनिङ स्टार नाम्ची विजयी बने। आज स्थानीय कलाकारहरूले रंगारंग सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement