सिस्को ब्याङ्कका अध्यक्ष डुप छिरिङ कल्योन राष्ट्रिय सहकारी विकास निगमको सदस्यताकोरूपमा मनोनित

IMG-20240220-WA0195.jpg

गान्तोक: नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सिक्किम राज्य सहकारी ब्याङ्क लिमिटेड (सिस्को) का अध्यक्ष डुप पिन्छो कल्योनलाई राष्ट्रिय सहकारी विकास निगमको महासभाको विशिष्ट सदस्यको रूपमा मनोनित गरिएको छ।

यसको आधिकारिक अधिसूचना २ फरवरीमा भारत सरकारद्वारा प्रकाशित राजपत्रमा प्रकाशित गरिएको छ।

राष्ट्रिय सहकारी विकास निगम केन्द्रिय सहकारी मन्त्री अमित शाहको नेतृत्वमा रहेको एक प्रमुख सहकारी संस्था हो। यसले कृषि र सम्बद्ध क्षेत्रहरूमा विभिन्न प्रकारका सहकारीहरूलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यो नामांकन एक ऐतिहासिक कोसेढुङ्गा हो भने सिक्किम राज्य सहकारी ब्याङ्कका अध्यक्ष प्रतिष्ठित एनसीडीसीको महासभामा नियुक्त भएको पहिलो पटक बताइएको छ।

एनसीडीसीको जनरल काउन्सिलले देशमा सहकारी विकासलाई अघि बढाउने नीति र रणनीतिहरूलाई आकार दिनको लागि महत्त्वपूर्ण फोरमको रूपमा काम गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement