आगामी लाेकसभा चुनाउमा डाक्टर महेन्द्र पी लामा याेग्य उम्मेदवार हुन्: माटाेकाे आवाज समूह

IMG-20240220-WA0175.jpg

मिरिक: माटाेकाे आवाज समूहका भवनी प्रधान, दिपक थामी अनि तिलक प्रकाश राईले मंगलबार मिरिकमा एउटा प्रेस भेलाकाे आयाेजना गरेर अठारौं लाेकसभा चुनाउमा डाक्टर महेन्द्र पी लामा दार्जिलिङ लाेक सभा आसनका याेग्य उम्मेद्वार रहेकाे अनि उनलाई कुनै पनि विजय बन्ने राजनैतिक दलले टिकट प्रदान गरे चुनाउमा उम्मेद्वार गर्नेछन् भनी बताएका छन्। तर उनी निर्दलीय उम्मेद्वार भने बन्ने छैनन् भनी बताएका छन्। उनीहरूले डाक्टर महेन्द्र पी लामा गाेर्खाल्याण्डसम्म पुर्याँउने क्षमता भएका मानिस हुन्। यसैले यसपालीको लाेकसभा चुनाउ उनलाई गाडीकाे चाँबी सबैले प्रदान गर्नुपर्छ भने। उनीहरूले एउटा भोटपछि अर्को भोट हुँदै वर्षों भइसकेकाे छ। गोर्खाको भाग्य तुहिएको छ। घरि घर बाहिरकालाई, घरि घरभित्रकालाई, घरि यो पार्टीलाई, घरि त्यो पार्टीलाई भोट दिएर पर्खि बसेका गोर्खाहरूकाे आफ्नो भाग्य उदाउने प्रतिक्षामा शताब्दी नाघिसकाे छ समयले। तर गोर्खाको आङमा घाम लाग्न सकेन। घरि यस्तो आन्दोलन, घरि त्यस्तो आन्दोलन गरेर हजारौं बहुमूल्य प्राणको आहुति दिएर पनि आफ्नो लागि एक टुक्रा घाम ल्याउन सकेन गोर्खाहरूले मातृभूमि यो विशाल अनि महान देश भारतमा। स्वाधीनता संग्रामदेखि स्वाधीनताको अमृत महोत्सवसम्म आफ्नो देश भारतको सीमाना रक्षा गर्दै हजारौं शहीद हुने वीर सपूतहरूको सन्तानहरूले मुहारमा मुस्कान देख्न सकेन अझै पनि। बालक मने बूढ़ो भइकन चाउरिएर मरिसके, बालक रने बूढ़ो भइकन चाउरिएर मरिसके तर उसले जातिको लागि देखेको सपना विपनामा परिवर्तन हुनै सकेन। गोर्खाको भाग्य लेखिने ठाउँ दिल्लीको संसद भवन नै हो भने गोर्खाले आफ्नो भाग्य लेख्नलाई छानेर बारम्बार पठाएका सांसद प्रतिनिधिहरूले किन ल्याउन सकेन गोर्खाहरूको समस्याको समाधान? शताब्दी बितिसक्दा पनि किन सुसुप्त अवस्थामै छ गोर्खाहरूको सपना? यसैले अब तपाईं हामी सबै मिलेर यस किन भन्ने समस्याको समाधानतिर लागौं भने। उनीहरूले
गोर्खाहरूको समस्याको समाधान गरिने दिल्लीको संसदमा हामीले गोर्खाको ‘ग’ पनि नबुझेका मानिसहरूलाई बारम्बार आफ्नो सांसद प्रतिनिधि बनाएर पठायौं। अन्त कसरी हुन सक्छ त गोर्खाको समस्याको समाधान? भन्दै सम्पूर्ण गोर्खाको सपना र समस्या एउटै भए पनि सांसद प्रतिनिधि पठाउने बेलामा हामी टुक्रा-टुक्रामा विभाजित भएर बेग्ला बेग्लै प्रतिनिधि छानेर आपस्तमै प्रतिस्पर्धा गरौं- अन्त कसरी हुनसक्छ त गोर्खाको सपना साकार? संघर्षको चरम समयमा नै मूल मुद्दालाई लथालिङ्गै पारेर हामी अन्य मुद्दाहरूतिर सलबलाउन थाल्यौं- अन्त कसरी लाग्न सक्छ गोर्खाको आङमा घाम? भने। उनीहरूले अझै अतिनै महत्वपूर्ण कुरा चाहिँ के हो भने हामीले हाम्रो सांसद प्रतिनिधि छनौट गर्दा प्रतिनिधिले अतितमा गोर्खा जातिको निम्ति के कस्ता कामहरू गरेका छन् त्यतापटि पट्टकै सोधेनौ साथै उक्त प्रतिनिधि निर्वाचित भएको खण्डमा उसित गोर्खा जातिको संवेदनशील अनि गम्भिर मूल मुद्दालाई समाधान गर्नसक्ने योग्यता छ कि छैन त्यसपटि पनि हामीले ध्यान नै दिएनौ। अन्त कसरी दिल्लीबाट हाम्रो मुद्दाको छिनाफाना हुनसक्छ त भन्दै विगतमा हामीले छनौट गरेर दिल्लीको संसद भवन पठाएका सांसद प्रतिनिधिहरूले आफ्नो कार्यकालको अवधि हाम्रो मूल मुद्दालाई पर सारेर हामीलाई दिग्भ्रमित पार्दै नचाहिँदो बगमफूसे कुराहरू गर्न थालेपछि पनि हामीले तिनीहरूको गला समातेनी- अन्त कसरी हुन सक्छ त हाम्रो मुद्दाको छिनाफिना? यसैले, हामी ‘माटोको आवाज’ समूहले सबै सबैलाई यो अपील गर्न चाँहन्छौ कि यसपाली २०२४ को लोकसभा भोटमा हाम्रो सांसद प्रतिनिधिको छनौट गर्दा हामीले अतितमा गरेको गल्तिहरू नदोहोराऔं। हामी भावुकतामा नडुबौं। विवेकशील अनि व्यवहारिक बनौ। सबै जनता-जनार्दन, क्षेत्रीय राजनितिक दलहरू, नागरिक समाज, संघ-संस्थानहरू एक भएर छनौट गरिने प्रतिनिधिले विगत दिनहरूमा गोर्खा जातिको निम्ति के कस्ता कामहरू गरेका छन्, त्यो सोधीं- उसित गोर्खाको मूल मुद्दा पार लगाउन सक्ने योग्यता छ छैन त्यसको अवश्य विवेचना गरौं। गत धेरै पटक जस्तै बाहिरी शक्तिले पठाएका जुनसुकै र जस्तोसुकै प्रतिनिधिहरूको चिप्लो र सुलसुले कुरामा नलागीं। अरूको मुखको आवाज होइन आफ्नो माटोको आवाज सुनौं भने। उनीहरूले यसै परिपेक्ष्यमा सबैले चिनेको, देखेको, हाम्रै माटोको मान्छे डा महेन्द्र पी लामा जसको पिता-पुर्खा पनि पहाड़कै माटोमा जन्मिएर हुर्किएर यो माटोलाई योगदान दिदै यही माटोमा प्राण त्यागे। जो वर्तमान अवस्थामा सम्पूर्ण गोर्खे जातिको अभिभावक रूपमा हाम्रो जातिलाई भारतमा मात्रै होइन सारा विश्वमा प्रतिनिधित्व गरिरहनु भएको छ। जसले युवा अवस्थादेखि अहिलेसम्म आफ्नो गोर्खा जातिको भाषा-साहित्य-संस्कृतिदेखि लिएर आफू अति उच्च सरकारी अहोदामा बस्नु भएर पनि हाम्रो मूल मुद्दा गोर्खाल्याण्डको लागि विभिन्न मञ्चहरूतिर बोलिरहनु लेखिरहेका छन्। जो अझै पनि नौकरीमा छन्। सरकारसित मिलेर काम गर्छन् तर गोर्खा जातिको मूल मुद्दाको निम्ति बोल्नु कसैसित डराउनु डराँउदैनन्। २००९ अनि २०१४ मा दार्जीलिङबाट भोट जिताएर हामीले संसद पठाएका हाम्रा संसद प्रतिनिधिहरू आज कहाँ छन् पत्तो छैन तर २०१४ को लोकसभा भोटमा हारेर पनि दिल्लीमा आफ्नो अति व्यस्त कर्म जीवनबीच आफ्नो गोर्खालाई आइपरेको बेला घरि दार्जीलिङ पहाड़, घरि आसाम-मेघालय त घरि भाग्सु-देहरादूनतिर पुगेर साथ-सहयोग र सल्लाह दिइरहेका छन। आफ्नो गोर्खा जातिलाई हेपाई हुँदा बंगाल अनि केन्द्र सरकारलाई पनि लाखेस् गर्नु चुक्नु हुन्न। जस्ले तत्कालिन डीजीएचसी को प्रथम आर्थिक बजेट आफैले बनाइदिएदेखि लिएर हिजआज हाम्रो पहाड़को क्षेत्रीय नेतृत्वहरूलाई परेको बेलामा बारम्बार सरसल्लाह दिइरहेका छन भने। उनीहरूले गोर्खा जातिप्रति डाक्टर लामाले अहिलेसम्मको समर्पण, प्रतिबद्धता साथै उनकाे बौध्दिकता, सरकारसित काम गर्ने क्षमता अनि विशेष गरेर हाम्रो मूल मुद्दाप्रति उनकाे गहिरो अध्ययन र छिनाफाना गराउनु सक्ने योजनाहरू देखेर यसपाली चाँहि तपाई हामी, हाम्रा राजनितिक दलहरू, नागरिक समाज, संघ-संस्थानहरू सबै सबैजना एकजुट भएर २०२४ को लोकसभा भोटमा एकपल्ट उनलाई हाम्रो संसद प्रतिनिधि बनाएर दिल्ली पठाऔं भनी अनुराेध गरेका छन्।

About Author

Advertisement