दार्जीलिङ: बंगालमा गणतन्त्र शेष भएको छ र अविलम्ब राष्ट्रपति शासनको माग गर्छौ भनी भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिले मांग गरेका छन्। भाजपा दार्जीलिङ जिल्लाको उपाध्यक्ष एंव प्रवक्ता एलएम लामाले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘उत्तर २४ परगणा जिल्लाको सन्देशखालीमा टिएमसी नेताहरुले आदिवासी महिलाहरुमाथि गरेको अमानवीय बलात्कार र अत्याचारको घटनाले सिमा नाघेको छ। टिएमसीको जिल्ला परिषद सदस्य शेख शाहजहाहरु यस्तो घृणित र भत्सर्नापूर्ण काण्डमा मुछिएका छन्। महिला मुख्यमन्त्री भएको राज्यमा महिलाहरुमाथि भएको यस्तो शर्मानाक घटनाले राज्य र देशलाई नै लज्जित पारेको छ। अभियुक्तहरुलाई अविलम्ब गिरफ्तार गर्नुपर्ने हो। तर ममता सरकारले घटनालाई ढाकछोप गर्ने र अभियुक्तहरुलाई शरण दिने शर्मनाक खेल चलाइरहेको छ।’
लामाले अघि भनेका छन् -‘ हिज सन्देशखालीमा एक च्यानलको सम्वादातालाई पुलिसले गिरफ्तार गरयो। घटनाको वास्तविकता जनताले थाहा पाउने डरले ममताको पूलिसले सम्वादाता समेतलाई गिरफ्तार गर्ने दुस्प्रयास गरेको छ। यो राज्य सरकारको गणतन्त्रमाथि सोझो हमला हो। ममता राजमा बंगालमा गणतन्त्र शेष् भएको छ। हामी माग गर्छौ- अविलम्ब पश्चिम बंगालमा राष्ट्रपति शासन लगाउनुपर्छ।”











