खरसाङ गिध्द पहाड़ समष्टीद्वारा मिशन जागरण सभा र धरणा प्रदर्शन

IMG-20240220-WA0173.jpg

खरसाङ: २९ नम्बर खरसाङ गिद्ध पहाड समष्टी कमिटी अनि गिद्ध पहाड ब्लकको को-ओर्डिनेसन कमिटीको संयुक्त रूपमा एक महत्त्वपूर्ण सभा बसियो सभाको अध्यक्षता समष्टी अध्यक्ष पेमेन्द्र गुरुङले गरेका थिए। सभामा समष्टी महासचिव भक्तिमान तामाङले भागोप्रमो केन्द्रीय समितिद्वारा निर्देशित कार्यक्रम मिशन जागरण कार्यक्रममा कसरी जनताको घर दैलोमा पुग्ने त्यसबारे विस्तृत जानकारी गराए भने खरसाङ पञ्चायत समितिका सभापति अनु छेत्री प्रधानले १५ वर्षसम्म भाजपा सरकारले गोर्खालाई लट्टाएको खुलस्त पारिन्। यसको साथै यसपल्ट हामी कदापी लट्टिनु हुँदैन भन्दै सबैलाई आह्वान् गरिन्। सभामा समष्टी साङठनिक सचिव नरेन्द्र मोक्तानले पनि भाजपाको कालो नीतिको विरोध गरे। सभामा समष्टी अध्यक्ष पेमेन्द्र गुरुङले मिशन जागरण अन्तर्गत हुने पार्टीको कार्यक्रम विषयमा जानकारी गराए। उनले २९ नम्बर समष्टीको विभिन्न ग्राम पञ्चायतहरूमा धरणा प्रदर्शन गरिने विषयमा जानकारी गराएका छन्। यसै अनुरूप मंगलबार घैयाबारी ग्राम पञ्चायात कार्यालय अघि धरना कार्यक्रम सम्पन्न भएको छ। त्यसरी नै २९ नम्बर समष्टीको धरणा करबिया अनि स्प्रीङ्साइडका प्रतिनिधिहरुलाई पाण्डु ग्राम पञ्चायत कार्यालय अघि धरना गरिदिने आह्वान् गरे साथै धरणा कार्यक्रम २४ फरवरीदेखि समष्टीका प्रत्येक गाउँ घर वार्डहरूमा जनताको घर दैलोमा पार्टी प्रतिनिधिहरुद्वारा गरिने भएको छ। २९ नम्बर समष्टी खरसाङ गिध्द पहाड़ समष्टीद्वारा घैयाबारी ग्राम पञ्चायत कार्यालय अघि धरणा प्रदर्शन गरेका छन्। उक्त धरणा प्रदर्शन भागोप्रमो केन्द्रीय समितिको निर्देशनमा गरिएको छ। उक्त धरणा प्रदर्शनमा २९ नम्बर समष्टीको पदाधिकारीहरू उपस्थित भएर भाजपा सरकारको कोल्टे नीतिको विरोध गरेका छन्। पार्टी प्रतिनिधिहरूले भाजपा सरकारले १५ वर्षसम्म केवल ढाटको राजनीति गरेर गोर्खाहरूलाई भोट ब्यांक मात्र बनाएको बताएका छन्। भाजपाले गोर्खाहरूप्रति देखाएको उदासिनता र झूटो आश्वासनको विरोध गर्दै यसपालीको लोकसभा चुनावमा भाजपालाई हराएर देखाउनुपर्छ भनी २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टीको सभापति पेमेन्द्र गुरुङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement