कालो भारी नाटकको काशीमा प्रशंसा

वाराणसी: वाराणसीमा २६-जुलाईदेखि ३० जुलाईसम्म आयोजित आजादी का अमृत महोत्सवअन्तर्गत २२औं भारत रङ्ग महोत्सवमा २८ जुलाईको दिन सिक्किम रङ्गमण्डलद्वारा कालो भारी नाटक प्रस्तुत गरियो। उक्त नाटक प्रदर्शित भएपछि नाटक साथै पात्राहरूको धेरै प्रशंसा गरियो।

जानकारी गराइन्छ, उपन्यासकार शंकरदेव ढकालको उपन्यास “कालो भारी’’-को कथाबाट भाव ग्रहण गरेर यो नाटक नयाँ दिल्ली राष्ट्रिय नाटक विद्यालयका अध्यापक असिफ अलीले हिन्दीमा लेखेका थिए भने नेपालीमा नाट्यशिल्पी सीके श्रेष्ठले अनुवाद गरेका थिए।

राष्ट्रिय नाटक विद्यालय (एनएसडी)-बाट गान्तोकमा सेवारत अनि नेपाली भाषा पनि सिकेका नाटक निर्देशक विपीन कुमारको अनुभवी निर्देशनले नवपीँढ़ीको प्रतिक तरुण भरत काशी हिन्दु विश्वविद्यालय पढ़्नाले क्रान्ति चेतना प्राप्त गरेको दृश्य संलग्न गरेर दर्शक मनलाई मोहक बनाइदिएको थियो। मूल पात्र साइँला-साइँलीको छोरोले गर्भवती बुहारीलाई गोड़ामा तेल दलिदिएको दृश्यले मातृसत्तात्मक हिमाली समाजको बिम्ब प्रस्तुत भएको थियो।

पत्रकारहरूसँग गरिएको कुराकानीमा नाटकमा प्रेक्षकका रूपमा पुगेका काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागका आचार्य तथा अध्यक्ष दिवाकर प्रधानले सेतो फुल्नु विगतका दीर्घकालीन अनुभवको प्रतीक हो भने। उनले कालो भारी र झार्लाङ्गीलाई अमानवीय प्रथा भएको र यसविरुद्ध सिक्किमेली जनताले लामो प्रताड़ना भोग्नुपरेको यथार्थ यस नाटकमा व्यञ्जित भएको बताए। तत्कालीन अवस्थामा व्याप्त नारी सशक्तिकरणको अभ्यासले तिनै नारी पात्रा स्वतन्त्र नवचेतनाकी उद्घोषिका बनेको अवस्थामा नाटक अन्त्य भएको घटनालाई प्रो. प्रधानले नाटक आशावादमा आधारित रहेको ठहर गरे। उनले यो नाटक विश्वका कुनै पनि ठाउँमा सम्प्रेष्य हुनसक्नाले देश-विदेशमा प्रदर्शित हुनपर्ने विचार पोखे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *