पाकिम महकुमा अन्तर्गत विभिन्न ठाउॅंहरूमा पानीले निकै क्षति

पाकिम: पाकिम महकुमा अन्तर्गत विभिन्न ठाउॅंहरूमा शुक्रवार रातभरि परेको पानीले निकै क्षति पुऱ्याएको छ। आज पाकिमका एसडीएम छिरिङ नोरग्याल थीङको अगुवाईमा टीमले प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गऱ्यो। भ्रमण अवधि पाचे खोलामा गएको पैह्रोमा अझै पनि ढुङ्गाहरू झरिरहेको पाइयो। अभियन्तालाई पैह्रो स्थिर बनेपछि हिलो, माटो, ढुङ्गा र लडेका रूखहरू हटाउन निर्देश दिइयो। धनुके निवासी राजा प्रधानको घर पैह्रोले पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ। पीडित प्रधानलाई १ लाख १ हजार ९०० रूपियॉं अनुग्रह अनुदान प्रदान गरियो। यसैगरी, पदम प्रधान र राजा प्रधानको घरलाई पुऱ्याएको क्षतिको आकलन पनि गरियो।
रोड़ाथाङ पाकिम राजमार्ग अन्तर्गत तीन चार ठाउॅंमा पैह्रो गएको छ। एनएचआईडीसीएललाई सडक सफा गर्न र अझ क्षति हुनबाट जोगाउन प्रोटेक्सन वाल लगाउन लगाइएको छ। रोडाथाङ बजारमा खोलातिर बग्ने झोडालाई पनि क्षति पुगेको छ भने पैह्रो २ लाख लिटर क्षमता भएको पानी ट्याङ्की छेउ आइपुगेको छ। यसकारण बजारका स्थानीय मानिसहरूलाई प्रत्यक्ष जोखिम उत्पन्न भएको छ। एनएचआईडीसीएललाई तत्काल झोडा मरम्मति शुरू गर्न निर्देश दिइएको छ।

एसडीएम पाकिमले वन विभागलाई जोखिमपूर्ण रूखहरू चिन्हित गरेर काट्ने निर्देश दिएका छन्। नाम्चेबुङ अन्तर्गत राई गाउॅं वार्डमा पनि केही घरहरू पैह्रोका कारण जोखिममा परेको छ। प्रभावित परिवारहरूलाई तारपोलिन वितरण गरियो। एसडीएमले मौसम प्रतिकूल बन्न थालेको बताउॅंदै लाइन विभागका अधिकारीहरू, एनएचआईडीसीएल, डीआरए र एनडीआरएफलाई आफ्ना जनशक्ति र मेशीनहरू तयार राख्न अनुरोध पनि गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *