बनबस्ती बासिन्दाहरुको अधिकारको पक्षमा उत्तरबंग बनजन श्रमजीवी मञ्च रहने कन्भेनर लालसिंह भुजेलको दाबी

कालचिनी: बनबस्ती बासिन्दाहरुलाई अन्यत्र सार्ने औ पुनर्वास गर्न अघि बनाधिकार कानुन अन्तर्गत सबै प्रकारको सुविधा र अधिकारलाई पहिला सरकारले प्रदान गर्नु पर्ने त्यसपछि मात्र बनबस्ती बासिन्दाहरुको स्वीकृति अनुरुप सार्न सकिने पक्षमा उत्तरबंग बनजन श्रमजीवी मञ्च रहेको आज सो मञ्चका मूल कन्भेनर लालसिंह भुजेलले जनाएका छन। बनाधिकार कानुनको धारालाई अनुसरण गरेर मात्र बनबस्ती सार्ने तथा पुनर्वासको कुरा सबैले बुझेको हुनपर्ने बताउँदै गङ्गुटिया र भोटे बस्तीका बासिन्दाहरु सरकारी क्षतिपूर्ति लिएर बसाई सराई गर्ने कुरामाथि कुनै आपत्ति नरहेको त्यो उनीहरुको धेरै अघिदेखिको दाबी रहेको तर सबै प्रकारको प्राप्य सुविधाको ग्यारन्टी सरकारबाट सुनिश्चित हुन जरुरी रहेको लालसिंह भुजेलले जनाएका छन।
अब बक्सा ब्याघ्र प्रकल्पका अन्यान्य बनबस्ती बासिन्दाहरुले यदि अन्यत्र नजाने संकल्प गरेको छ भने त्यसको पक्षमा पनि उत्तरबंग बनजन श्रमजीवी मञ्च उभिने र कतै बसाई सर्ने इच्छा राख्छन भने त्यसको पनि आपत्ति नरहने तर बलजफ्ती गरेर पुर्खादेखि बसेका बनबासीहरुलाई सार्न अघि एफआरएको धारा माननीय अदालत र सरकारले पनि मान्न आवश्यक रहेको कन्भेनर लालसिंह भुजेलले जनाएका छन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *