गेजिङ जिल्ला कार्यकारिणी समितिको समन्वय सभा

IMG-20240203-WA0203.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी गेजिङ जिल्ला कार्यलयमा आज गेजिङ जिल्ला कार्यकारिणी समितिको एउटा समन्वय सभा साथै नव नियुक्तिहरूलाई स्वागत जनाउने कार्यक्रम सम्पन्न भयो। सोरेङ गेजिङ जिल्लाका उपाध्यक्ष प्रभारी तथा पूर्व मन्त्री आर.बी. सुब्बाको अध्यक्षतामा सम्पन्न सभामा गेजिङ जिल्ला उपाध्यक्ष प्रभारी एन.बी.दाहाल, जिल्ला अध्यक्ष ए.बी.सुब्बा, महासचिव प्रभारी सुदेश सुब्बा, महासचिव नन्दु गुरूङ, गेजिङ सोरेङ नारी प्रभारी पेम फुकी भोटिया, नारी संयोजक लुइस मोक्तान, जिल्ला समितिका सदस्यगणको उपस्थिति रहेको थियो। गेजिङ जिल्ला उपाध्यक्ष प्रभारी एन.बी. दाहाल लगायत नवनियुक्त गेजिङ जिल्लाका सम्पूर्ण सदस्यगणलाई खदा-माला लगाएर पार्टीमा स्वागत जनाए।

About Author

Advertisement