काेलकाता: कोलकाताको रेड रोडमा बंगालप्रति केन्द्र सरकारको कथित उपेक्षापूर्ण व्यवहारविरूद्ध बितेको दुई दिनदेखिको धर्नामा बसेकी राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले शनिवार ठूलो घोषणा गरिन्।
मुख्यमन्त्रीले भनिन्, उनको सरकारले बंगालका श्रमिकहरूलाई सय दिनको कामको बाँकी रकम भुक्तान गर्नेछ। आगामी २१ फरवरीमा २१ लाख वञ्चित मानिसहरूको खातमा पैसा आउनेछ।
ममता ब्यनर्जीले भनिन्, जुन २१ लाख शअरमिकहरूको पैसा केन्द्रले दिएको छैन, उनीहरूको पैसा आगामी २१ फरवरीमा उनीहरूको ब्याङ्क खातामा पुग्नेछ। यो धनराशि राज्य सरकारले पठाउनेछ। मुख्यमन्त्रीले भनिन्, विगत तीन वर्षदेखइको केन्द्रले श्रमिकहरूलाई सय दिने कामको पैसा दिएको छैन। बंगाल सरकारले त्यो बाँकी रकमलाई भुक्तान गर्नेछ। उनले भनिन्, ११ लाख आवासलाई अहिलेसम्म स्वीकृति दिइएको छैन, यस सम्बन्धमा उनले पछि कुरा गर्नेछन्।
मुख्यमन्त्रीको उक्त घोषणासितै राजनीतिक चर्चा चुलिएको छ। भाजपा सांसद दिलीप घोषले भने, क्यागको रिपोर्ट अनुसार केन्द्रबाट अलग-अलग समयमा २ लाख २९ हजार करोड़ रुपियाँ आयो, तर राज्यले त्यसको कुनै हिसाब दिएन। आपतकालिन निधिको पनि हिसाब छैन। यदि पैसा थियो भने पहिला नै दिन सक्थ्यो।
सीपीएम नेता सुजन चक्रवर्तीले भने, ”यसको अर्थ हो पैसा उनकोमा छ। त्यसो हो भने यतिका दिनसम्म किन दिइनन् त? चुनाउको बेलामा मात्र किन याद आयो?”









