कोलकाताः पश्चिम बंगालमा भइरहेको माध्यमिक परीक्षाको दोस्रो दिन शनिवार पनि अंग्रेजीको प्रश्न पत्र सोशल मीडियामा भायरल गरियो। विशेष कुरा, हरेक प्रश्न पत्रमा प्राथमिक शिक्षा बोर्डद्वारा क्यूआर कोड अंकित गरिएको छ ताकि कुन विद्यार्थीलाई कुन प्रश्न पत्र प्राप्त भएको छ त्यो पत्तो लगाउन सकियोस्। यसलाई सोशल मीडियामा साझा गर्नेहरूले चतुराईपूर्वक क्यूआर कोड काटिदिएका थिए। तथापि उनीहरू बँच्न सकेनन्। पुलिसले यस्ता छःजना विद्यार्थीहरूलाई समातेको छ। घटना मालदा जिल्लाको हो।
माध्यमिक शिक्षा बोर्डको सूत्र अनुसार शनिवार माध्यमिकको अंग्रेजी भाषाको परीक्षा शुरू भएको तुरून्तपछि मालदह जिल्लाको इनायतपुर हाई स्कूलबाट प्रश्न पत्र लीक भयो। यस घटनाको सिलसिलामा छःजना परीक्षार्थीहरूको परीक्षा पनि रद्द गरिएको छ। यसमा चारजना छात्र र दुईजना छात्राहरू सामेल छन्। बोर्ड सूत्र अनुसार यो पनि थाहा लागेको छ, आरोपी परीक्षार्थीहरूले पक्रा पर्नदेखि बँच्नका लागि प्रश्न पत्रको क्यूआर कोडलाई रातो स्याहीले मेटाइदिएका थिए, तर यसबाट केही फाइदा भएन। बोर्डले क्यूआर कोडमाथि पोतिएको रातो स्याहीलाई मेटाएर छः जना परीक्षार्थीहरूको पहिचान गऱ्यो। यिनीहरू सबैको परीक्षा रद्द गरिएको छ।
बोर्ड सूत्र अनुसार यस वर्ष नौ लाखभन्दा अधिकविद्यार्थीहरूले परीक्षा दिरहेका छन्। प्रत्येक परीक्षार्थीको प्रश्न पत्रमा अलग-अलग क्यूआर कोड अंकित गरिएको छ। एउटा प्रश्न पत्रको क्यूआर कोड अर्को प्रश्न पत्रको क्यूआर कोडसित मेल खाँदैन। यसले गर्दा कुन परीक्षार्थीलाई कुन प्रश्न पत्र परेको छ त्यसको पहिचान बोर्ड कार्यालयमा बसी-बसी सहजै गर्न सकिन्छ। उल्लेख्य, गए शुक्रवार पहिलो भाषाको प्रश्न पत्र पनि परीक्षा शुरू हुनअघि नै सोशल मीडियामा भायरल भएको थियो।
-हिस









