जेकब खालिङले गरे अस्थायी कर्मचारीहरूसँग बैठक

IMG-20240203-WA0202.jpg

गान्तोक: मूख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा आज राजनीतिक सचिव जेकब खालिङले उनको कार्यालयमा विभिन्न विभागमा कार्यरत अस्थायी कर्मचारीहरुको प्रतिनिधिहरुसंग भेट गर्दै बैठक गरे। आजको बैठकमा आगामी ९ फरवरीमा सम्पन्न हुने अस्थियी कर्मचारी सम्मेलनको आयोजनाबारे चर्चा परिचर्चा भयो। उनले यो सम्मेलनको तयारीबारे उपस्थित प्रतिनिधिहरुसँग विस्तृत रूपमा चर्चा गरे। ज्ञात रहोस् आगामी ९ फरवरीमा रम्फु खेल मैदानमा भव्य अस्थीयी कर्मचारी सम्मेलन सम्पन्न हुनेछ। उक्त सम्मेलनमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित हुने तय भएको जानकारी गराए।

About Author

Advertisement