देशी-विदेशी कलाकारहरूले गरे राज्यका मुख्यमन्त्रीको प्रशंसा
गान्तोक: गत केही दिन अघिदेखि राजधानीमा शुरू भएको दस दिनव्यापी हिप-हप हिमालय कार्यशाला एवम् प्रतियोगिताको आज समापन भयो। राजधानीस्थित मनन केन्द्रमा सम्पन्न भएको समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, मन्त्री बिष्णु कुमार खतिवडा लगायत अन्यहरूको सामेल रहेका थिए।
विशेष गरेर राज्यका गरिबीरेखा मुनिका नानीहरू जो हिप-हप नृत्य गर्नमा रूची राख्दै आइरहेका छन्, उनीहरूलाई प्रशिक्षण प्रदान गरियो। राज्यका नानीहरूलाई प्रशिक्षण प्रदान गर्नको निम्ति अमेरिकाबाट लुज जोइन्ट, अहमदाबादकी सिरिलक्क्षी, मुम्बईबाट कोरियोग्राफर रूवेन लामा लगायत अन्यहरू आएका थिए।
देशको विभिन्न स्थान र विदेशबाट आएका कलाकाहरूले राज्यका कलाकारहरूमा धेरै प्रतिभा रहेको र निकट भविष्य़मा यहाँका कलाकारहरूले धेरै उन्नति गर्न सक्ने सम्भावना व्यक्त गरे। राज्य सरकार स्वय लागेक हिप-हप नृत्यलाई बढावा दिएकोमा उनीहरूले खुशी प्रकट गरेका छन्। सिक्किम राज्यले गरेको अतिथि सत्कारसँग उनीहरू प्रभावित रहेको पनि मन्तव्य प्रकट गरे।











