गान्तोक: आगामी १६-१८ फरवरीसम्म राज भवनमा पालन गरिने विकसित भारत पुष्पित सिक्किमको तयारीलाई लिएर आज राजभवनमा एक सभा सम्पन्न भयो। राज भवनका सचिव जेडी भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभामा विभिन्न अधिकारीहरूले सहभागिता जनाएका थिए। उक्त सभामा तीन दिवसीयरूपमा पालन गरिने विकसित भारत पुष्पित सिक्किमको तयारीबारे विशेषरूपमा छलफल गरियो। आगामी १४-१५ फरवरीको दिन स्वास्थ्य शिविर र १७ फरवरीको दिन रक्तदान शिविर आयोजना गरिने छ, जसमा विभिन्ने गैर सरकारी र निजी संस्थानका सदस्यहरूले सहभागिता जनाउने भएको छ। राजभवन र सिक्किम राज्य भित्र दुवैमा आयोजना हुने यस कार्यक्रम राज्यमा पहिलो पल्ट आयोजना हुने भएकोले यसको छुट्टै महत्व रहने भएको छ। उक्त अवसरमा सांस्कृतिक कार्यक्रम अरे, एक पुस्तक प्रदर्शन, एक दान अभियान र पर्यटन साहसिक खेलको पनि प्रदर्शन गरिने भएको छ।









