सीबीआईले कोर्टमा बतायो- नियुक्ति भ्रष्टाचारका मास्टरमाइण्ड पार्थ च्यटर्जी नै थिए, सबैको भूमिका उनले नै तय गर्थे

IMG-20230410-WA0169-11-300x172-1

कोलकाताः शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामाँ जाँच गरिरहेको केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)-ले अन्ततः अलिपुर कोर्टमा आफ्नो विस्तृत रिपोर्ट सुम्पिएको छ। यस मामिलामा पक्राउ गरिएको पूर्व शिक्षामन्त्री पार्थ च्यटर्जीको भूमिकाको बारेमा विशेष रूपमा उल्लेख गरिएको छ। केन्द्रिय एजेन्सीको भनाइ छ, शिक्षक नियुक्ति भ्रष्टाचारका मास्टरमाइण्ड अन्य कोही होइनन् पार्थ च्यटर्जी नै हुन्। यद्पयि उनले सुरक्षा एजेन्सीहरूलाई छक्याउनको लागि पर्दा पछाड़ि बसेर यी सबै खेल खेल्थे। कसलाई कुन पदमा नियुक्त गरिनु, कसलाई कुन पदबाट हटाउनु यी सबै कुरा पार्थ च्यटर्जीले नै तय गर्थे, तर उनले यसको योजना यसरी बनाउँथे कि आफू पिक्चरमा नेदिखियोस्।

पार्थको जमानत मामिलामाथि शनिवार अलिपुरको विशेष अदालतमा सुनवाई भयो। यही कोर्टमा सीबीआईले जमानतको विरोध गर्दै भनेको थियो, पार्थले शिक्षा सम्बन्धि मामिलामा कसलाई नियुक्ति गर्नुपर्ने हो र कसलाई हटाउनुपर्ने हो त्यस प्रक्रियालाई नियन्त्रण गर्थे। जुन-जुन मानिसहरूले यस काममा उनलाई सहयोग गर्दैन थिए, उनीहरूले शिक्षामन्त्रीको आक्रोशको सामना गर्नुपर्थ्यो।

सीबीआई अनुसार पार्थले आफ्नो घरमा बैठकहरू गरेर धेरैजना मानिसहरूलाई राजीनामा दिन बाध्य बनाए। केन्द्रिय एजेन्सीका अधिवक्ताले कोर्टमा भने- ”पार्थ भ्रष्टाचारमा पूर्ण रूपले लिप्त थिए। उनले आफूलाई पछि राखेर अपराध गर्थे।” यदि डाक्टरले गल्ती गऱ्यो भने रोगीलाई नोक्सान हुन्छ, तर जसरी अयोग्य शिक्षकहरूलाई रुपियाँ लिएर नियुक्त गरियो त्यसबाट सम्पूर्ण समाज कुन दिशामा जान्छ, यो सही होइन।

यद्यपि पार्थका अधिवक्ताले सीबीआईका उपरोक्त आरोपहरूलाई खण्डन गरे। उनले भने- ”सीबीआईको दोस्रो चार्जशीटमा पनि पार्थको नाम थिएन। तेस्रोमा सीबीआईले एसएससीकी एक महिलालाई मास्टरमाइण्ड बतायो भने अहिले पूर्व शिक्षामन्त्रीलाई समेटिरहेको छ।

-हिस

About Author

Advertisement