खरसाङ: खरसाङ खण्ड अन्तगर्त गाडीधुरा सार्वजनिक भवनमा सन्त मेरिज-३ ग्राम पञ्चायत अन्तगर्त रहेका आँगानवाडी कर्मी साथै सहकर्मीसँग एक जरूरी सभा सम्पन्न भयो। सभामा जीटिए महिला एंव बाल कल्याण विभाग कार्यकारी सभासद कल्पना प्रधान, नारी शक्ति केन्द्रीय समिति महासचिव मैया ठाकुरी, नारी शक्ति केन्द्रीय समिति सदस्य जैतून निशा खाती, सन्त मेरिज-3 ग्राम पञ्चायत प्रधान एंव पंखाबारी लंगभ्यु अम्बटे समष्टि सभापति मनिराज डुम्जन, सन्त मेरिज -३९ ग्राम पञ्चायत उप-प्रधान एंव केन्द्रीय समिति सदस्य सन्तोष लामा समष्टि प्रवक्ता जिनोद परियार आदिको बिशेष उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै कार्यकारी सभासद कल्पना प्रधानले जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा जीटीए क्षेत्र अन्तगर्त सह कर्मीहरुको पदोन्नतीको निम्ति शैक्षिक योग्यता बाह्रौं श्रेणीको साटो माध्यमिक परीक्षा उत्तीर्ण गराइएको जनाइन्। सभासद कल्पना प्रधानले आगाँनवाडी कर्मी साथ सह-कर्मीहरूको समस्याहरु सुनिन् साथै यसको निवारण गर्न आउने दिनहरूमा विभागीय अधिकारीहरुसँग आगँनवाडी केन्द्रहरूको भ्रमण गर्ने जनाइन्।









