दुईजना माध्यमिक परीक्षार्थी पऱ्यो दुर्घटनामा

IMG-20240203-WA0123.jpg

जलपाइगढी। माध्यमिक परीक्षा दिएर घर जाने क्रममा दुर्घटनामा परी दुईजना विद्यार्थी घाइते भएका छन्। धुपगुडी महकुमा अन्तर्गत दाउकिमारीदेखि नथुवासम्मको राज्य राजमार्गमा शनिबार दिउँसो उक्त दुर्घटना भएको बताइएको छ। नथुवा आश्रम हाइस्कुलका दुईजना परीक्षार्थीहरु क्रमैले अनिकेत राय र तुषार रायको माध्यमिक परीक्षा केन्द्र बनायपाडा हाइस्कुलमा रहेको थियो भने दुई परीक्षार्थी बाइकमा सवार भएर आउँदा नियन्त्रण गुमाएर सडकको छेउमा खसेका थिए। घाइते दुवै विद्यार्थीलाई तत्काल उद्धार गरी वन विभागको गाडीमा धुपगुडी ग्रामीण अस्पताल ल्याइएको थियो। दुवैलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ।

About Author

Advertisement