दार्जीलिङ: दार्जिलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीको निर्देशनमा सफाई कर्मचारीहरू डम्पिंग च्युट ग्राउण्ड जिरोमा पुगेका छन्। विगत धेरै दिनदेखि दार्जीलिङको डम्पिङ च्युटको आगो निभाउन दार्जिलिङ नगरपालिका लागि परिरहेको छ।
दार्जिलिङ नगरपालिका, दमकल विभाग, सिभिल डिफेन्स सबैको प्रयासमा ३-४ दिन अघि पनि डम्पिङ च्युटको आगो निभाउने कार्य सम्पन्न भएको थियो तर पूर्ण रुपमा आगो निभ्न भने सकेको थिएन। आज वार्ड पार्षद नितेश गुरुङको विशेष पहल साथै उनकै उपस्थितिमा नगरपालिका सफाई कर्मचारीहरु बिहानदेखि ग्राउण्ड जिरोमा आगो निभाउने प्रयास गरिरहेका छन्।









