कीटनाशक मिसाएको मासु खुवाउँदा घरपालुवा कुकुरको मृत्यु, थानामा अभियोग

IMG-20240203-WA0110.jpg

उत्तर दिनाजपुर। एकजना व्यक्तिले आफ्नो घरपालुवा कुकुरलाई कीटनाशक मिसाइएको मासु खुवाएको भन्दै थानामा छिमेकी विरुद्ध लिखित उजुरी गरेको छ। घटनाले क्षेत्रमा सनसनी फैलाएको छ। घटना शनिबार उत्तर दिनाजपुर जिल्लाको चोपडा थाना क्षेत्रको कालागाँछ क्षेत्रमा भएको हो। चोपडाको कालागाँछ क्षेत्र निवासी राजेश सरकारको घरको पाल्तु कुकुरलाई भुपेन सिंह र उनकी श्रीमतीले विगत दुई–तीन पटक मासुमा कीटनाशक मिसाएर सडकका कुकुरलाई खुवाएर कुकुर मार्दै आएको अभियोग रहेको छ। राजेश सरकारका परिवारका सदस्यले यो कुरा थाहा पाएपछि भूपेन सिंहलाई गाली गरेको थियो। तर उनले कुनै कुरा नसुनेर फेरि मासुमा कीटनाशक मिसाएर सडकमै राख्दा राजेश सरकारको पाल्तु कुकुरले उक्त मासु खाँदा मृत्यु भएको हो।

यो खबर फैलिनसाथ क्षेत्रमा सनसनी मच्चिएको थियो। राजेश सरकारले आरोपित छिमेकी भूपेन सिंह र उनकी श्रीमतीविरुद्ध चोपडा थानामा लिखित उजुरी दिएका थिए भने घटनापछि आरोपी फरार भएका‌ बताइएको छ। उजुरीको आधारमा पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement