दार्जीलिङ: यसपाली २०२४ को माध्यमिक परीक्षाको परीक्षार्थीहरूलाई हाम्रो पार्टीद्वारा शुभकामना दिइएको छ। भोली २ फरवरी शुक्रबारदेखि माध्यमिक परीक्षा शुरू हुन गईरहेको छ। यस विषयलाई ध्यानमा राख्दै हाम्रो पार्टीको वरिष्ठ कार्यकर्ता एंव नगरपार्षद गोपाल परियारले पार्टीको पक्षबाट माध्यमिक परीक्षाको परीक्षार्थीहरूलाई अग्रिम बधाई र शुभकामना दिएका छन्। भोली शुक्रबारदेखि शुरू हुने माध्यमिक परीक्षामा राज्यको अन्य क्षेत्रहरूसंगसंगै पहाड तराई डुवर्स आदि क्षेत्रको परीक्षार्थीहरूले पनि परीक्षा दिन्दैछन्। ती सबै परीक्षार्थीहरूलाई हाम्रो पार्टीको पक्षबाट नगरपार्षद गोपाल परियारले अग्रिम बधाई र शुभकामना दिएका छन्। भोलिको दिनमा तपाईहरूबाट नै डाक्टर, ईृ्जिनियर, बैज्ञानिक, आइएएस, आईपीएस, डुब्लूवीसीएसहरूको जन्म हुनेछ भन्ने परियारले परियारले बताए। यो देश,यो राज्य तपाईहरूले नै संचालन गर्न पर्नेछ त्यसकारण भोलीदेखि शुरू हुने माध्यमिक परिक्षामा राम्रो भन्दा राम्रो अंक प्राप्त गरेर माध्यमिक परिक्षामा उर्तीण हुने गोपाल परियारले अग्रिम शुभकामना दिएका छन्। भोलिदेखि शुरू हुने माध्यमिक परीक्षामा अंश ग्रहण गर्ने परिक्षार्थीहरूको निम्ति हाम्रो पार्टीले ईश्वर समक्ष प्रार्थना पनि गर्नेछ भन्ने गोपाल परियारले बताएका छन्।