दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीद्वारा फुटपाथ निर्माणको लागि शिलान्यास

IMG-20240201-WA0201.jpg

दार्जीलिङ: दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरीले आज नगरपालिका क्षेत्रमा फुटपाथ निर्माणको लागि शिलान्यास गरेका छन्। वाहन चालक अनि अन्य मानिसहरूको असुविधालाई ध्यानमा राखेर दार्जीलिङ लाडेनला रोडदेखि क्यापिटल हलसम्म उक्त फुटपाथ निर्माण गरिनेछ जसको लागत २४ लाख रहेको छ। यस फुटपाथमा स्ट्रीट ल्याम्प पनि लगाइने बताउँदै फुटपाथ परिसरमा सुन्दरीकरण पनि गरिने नगरपालिका अध्यक्ष दिपेन ठकुरीले जानकारी गराउँदै दार्जीलिङ बजारमा विद्यार्थी नानीहरू, वरिष्ठ नागरिकहरूलाई हिँड्न सुविधा होस् भनेर यो फुटपाथ निर्माण हुन लागेको बताएका छन्।

उनले हामी दार्जीलिङलाई नयाँ सोच लिएर अघि लानलाई कार्य गरिरहेको र बजार सुन्दरीकरणको लागि कार्य गरिरहेको पनि बताएका छन्।

About Author

Advertisement