जाडोबाट जोगाउन माध्यमिक परीक्षा दिने विद्यार्थीहरूका लागि पहाड़मा हिटर जड़ान

IMG-20240201-WA0199.jpg

दार्जीलिङ: पश्चिम बंगाल माध्यमिक बोर्डको परीक्षा भोलिदेखि सुरु हुँदैछ। भोलिदेखि शुरु हुने माध्यमिक परीक्षाको लागि पहाड़मा पूरा तयारी गरिएको छ। यस वर्षको माध्यमिक परीक्षा केही अघि भएको छ। यसपालीको पहाड़मा जाड़ोको मुख्य समयमा माध्यमिक परीक्षा हुनो भएकोले केही दिन अगाडि मुख्यमन्त्रीले विद्यार्थीहरूलाई चिसो नहोस् भनेर विद्यालयमा हिटर उपलब्ध गराउन १०१ करोड दिने घोषणा गरेका थिए। त्यसैले यहाँ दार्जिलिङमा हरेक परीक्षा केन्द्रमा हिटर लगाइएको जानकारी प्राप्त भएको छ। हरेक परीक्षा केन्दको कक्षा कोठामा हिटर जडान गरिएको छ। परीक्षा दिने विद्यार्थीहरूलाई चिसोदेखि जोगाउन हिटर जड़ान गर्ने कार्य गरिएको छ। यसपाली जाड़ोबाट परीक्षा दिने नानीहरूलाई जोगाउन र जाड़ोमा पनि लेख्न कुनै असुविधा नहोस् भनेर हिटर जडानको कार्य आज नै पूरा गरिएको जानकारी प्राप्त भएको छ। यसपाली परीक्षा दिने विद्यार्थीहरू ८:३० बजे नै परीक्षा दिने कक्षामा पुग्नु पर्ने र ९:४५ बजेदेखि प्रश्न पत्र वितरण गरिने र १० बजेदेखि परीक्षा लेख्न शुरु गर्नु पर्ने देखिएको छ। त्यसरी नै परीक्षा १० बजेदेखि १ बजेसम्म हुने भएको छ। यसपाली दार्जीलिङ शहरमा मात्र जम्मा सातवटा परीक्षा केन्द्रहरू राखिएको जसमा ७०० देखि ८०० विद्यार्थीहरूले परीक्षा दिईरहेका छन्।

About Author

Advertisement