दुई सेवानिवृत्त वरिष्ठ अधिकारी एसकेएम पार्टीमा सामेल

IMG-20240118-WA0244.jpg

गान्तोक: मार्तम रुम्तेक समष्टीमा वन विभागबाट अवकाशप्रप्त डीएफओ नामग्याल छिरिङ भोटिया र स्वास्थ्य विभागका अवसाशप्राप्त प्रधान निदेशक डा. छिरिङ इथेन्पा आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल भएका छन्। उनीहरूले आज एसकेएम पार्टीको मुख्यालयमा आधिकारीक रुपमा पार्टीको झण्डा समाए।

मुख्यालयका उपाध्यक्ष उत्तम लेप्चाले उनीहरूलाई खदा लगाएर पार्टीमा स्वागत गरे। सेवानिवृत्त दुवै अधिकारीहरूले एसकेएम पार्टी साथै मुख्यमन्त्रीले सिक्किमेली समाजमा पुऱ्याइरहेको सेवा, विकास र जनकल्याणकारी कामहरू प्रत्यक्ष आँखाले देख्दा एसकेएम पार्टीमा आएर जनसेवाको काममा सरकारलाई सहयोग गर्ने मन बनाएको बताए। यस अवसरमा पार्टी मुख्यालयका सबै अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement