सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल हुने क्रम जारी

IMG-20240119-WA0000.jpg

गेजिङ: गेजिङ-बर्मेक समष्टिको मार्तम ग्राम पञ्चायत एकाई अन्तर्गत अप्पर मार्तम वार्ड निवासी पासाङ कर्चुङ शेर्पाले आज एसडीएफ पार्टीलाई त्यागेर सत्तारूढ एसकेएम पाटीमा सामेल भएका छन्। राज्यका कृषिमन्त्री एवं क्षेत्र विधायक लोकनाथ शर्माले आज बिहान आफ्नो जन्मथलो बर्थाङमा पासाङ शेर्पालाई पार्टीमा आधिकारिक रुपमा स्वागत जनाए। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि क्षेत्र विधायकले जनताको हितमा गरिरहेका कार्यहरूबाट प्रभावित बनेर आफू सिक्कम क्रान्तिकारी मोर्चा पार्टीमा सामेल बनेको उनले बताए। एसडीएफ पार्टीले आफूलाई केवल प्रयोग मात्र गरेको, तर कुनै पनि क्षेत्रमा पनि अघि बढ़्न नदिएको उनले आरोप पनि लगाएका छन्।

About Author

Advertisement