एमपीएलएडी घोटालाः निलम्बित एसीएस अधिकारी सुकन्या बोरा पक्राउ

IMG-20240118-WA0225.jpg

गुवाहाटी: मुख्यमन्त्रीको विशेष सतर्कता सेल (एसवीसी) द्वारा बिहिवार असमको सांसद क्षेत्र विकास निधि (एनपीएलएडी) घोटालाको क्रममा निलम्बित एसीएस अधिकारी सुकन्या बोरालाई पक्राउ गरियो।

सतर्कता सेलले घोटालाको सम्बन्धमा कामरूप (मेट्रो) जिल्लाका तत्कालीन अतिरिक्त जिल्ला आयुक्त सुकन्या बोरासित धेरै पल्ट सोधपुछ गरेको थियो।

सुकन्या बोरामाथि परिवारका सदस्यहरू र आफन्तहरूको नाममा आयभन्दा धेरै सम्पत्ति जमा गरेको आरोप छ। दागी अधिकारीकी काकीले पहिले जाँच टीम सामू बोराले आफ्नी आमालाई मानसिक रूपमा अस्थिर बताएर सम्पत्ति अर्जित गरेकी भनेकी थिइन्। कथित रूपमा सुकन्याले गुवाहाटी, मोरीगाउँ, हाजो, उत्तर गुवाहाटी समेत अन्य ठाउँहरूमा भारी सम्पत्ति अर्जित गरेकी छऩ्।

About Author

Advertisement